छाला सम्वन्धी अन्य केहि रोगहरु
लुतो
लुतो ठिक पार्ने तरिका
अमलाको गेडा भुटेर धुलो बनाई तिलसँग
मिसाइ लगाउनाले लुतो रोग निको हुन्छ।
बारुद गन्धक र तितेपाती, कांचो तोरीको
तेलमा फुराएर गाई को नाउनिमा मुछेर
लगाउनाले पनि लुतो रोग निको हुन्छ।
आँपको चोप लगाउनाले पनि लुतोरोग निको
हुन्छ।
पीपलको बोटको जराको बोक्रा को रस लगाउनाले
पनि लुतो रोग निको हुन्छ।
श्रीखण्डको तेल लगाउनाले पनि लुतोलाई ठिक
गर्न सकिन्छ।
ओठमा जुठो उठेमा
अमलाको जराको बोक्रा मौसम घोटेर लगाउँदा
ओठमा जुठो उठेको निको हुन्छ।
पिलो आएमा
साबुन र बेसारको धूलो मिसाएर बनाएको महलाई
पिलो निस्केको ठाउँमा लगाएमा पिलो छिटै फुटेर
निको हुन्छ। आलम पिँधेर मनतातो पारी त्यसको
लेप लगाउनाले पनि पिलो छिटै पाकेर फुट्दछ।
घाउलाई पकाउनु परेमा के गर्ने?
झिङ्गे माछा लाई घोटेर लगाउने।
मोर्चा पिसेर लगाउने।
परेवा को सुली लगाउने।
सुंगुरको दिशा लगाउँदा पनि घाउलाई पकाउन
सकिन्छ।
छालाको सौन्दर्य बढाउन परेमा।
नुहाउनुभन्दा अघि तिलको तेलमा बेसन र थोरै
बेसार मिसाएर लेदो बनाई छालामा लगाउने र
10-15 मिनेटपछि पानीले धुने गर्नाले छालामा
नौलोपन आउँछ।
बेसार र श्रीखण्डको बराबर भाग मिश्रणमा पानी
राखी लेदो बनाउने र राती सुत्दा लगाउने गर्नाले
दुई हप्तामा छाला नरम स्वस्थ र सुन्दर भएर
आउँछ।
बेसन र दहीमा कागतीको रस निचोरेर पटकपटक
अनुहारमा लेप लगाउनाले र केहीबेरपछि धुने
गर्नाले छाला नरम स्वस्थ र सुन्दर देखिन्छ।
छालामा घाउ खटिरा आएमा
बेसारको धुलोमा निमको पातलाई मसिनो गरि
पिसेर भिजाई छालामा लगाउनाले राम्रो फाइदा
गर्दछ।
चरिअमिलो लाई निचोरेर घाउमा लगाउनाले
पनि घाउ खटिरा निको हुन्छ।
टोप्रे झार लाई निचोरेर बाक्लो बनाई फलाममा
घटेर घाउमा लगाउनाले पनि घाउखटिरा सन्चो हुन्छ।
पिलो फुटेर घाउ भएमा
बेसारको लेदो बनाई लगाउने र सफा पट्टी
बाँध्ने गर्नाले घाउ सफा हुन्छ।
भट्टीमा पाकेको माटो पिलोमा लगाएर पकाई
पिलो फुटेr घाउ सफा हुन्छ।
No comments:
Post a Comment