Tuesday, June 29, 2021

रिङ्गटा लाग्नु को कारण र रिङ्गटा लागेमा उपचार कसरी गर्ने?




 रिङ्गटा लाग्नु


यो रोग लागेको बेला चारैतिरको वस्तु घुमेको

जस्तो देखिन्छ। रिङ्गटा लाग्नु एक साधारण

रोग हो तर यसलाई मामुली सम्झेर गम्भिरता

सँग नलिनु ठीक होइन। यो कुनै गम्भीर रोगको

संकेत पनि हुन सक्छ। पहिलोपटक रिंगटा लाग्दैमा

भविष्यमा बारम्बार हुने रोग हो भनेर जान्नुपर्दछ।


रिङ्गटा लाग्नु को कारण


रिङ्गटा लाग्नुको प्रमुख कारणमा रक्तसञ्चारमा

कमी आउनु हो। रगतको कमी, रक्तचाप कम या

बढी हुनु, अत्याधिक शारीरिक या मानसिक थकान,

मानसिक तनाव भए, टाउकोमा चोट, हार्ट ब्ल्याक,

मुटुको धड्कनमा असामान्यता, आँखा कमजोर हुनु,

चश्मा नलगाउनु, मस्तिष्कमा रगतको कमी हुनु, नसा

फुट्नु, ब्रेन हेमरेज, ब्रेन ट्युमर, खानेकुरा वा दबाइको

एलर्जी, माईग्रेन, व्रत बस्नाले शरीर कमजोर हुनु,

रक्सी जस्तो नशा लाग्ने चीज धेरै खानु।


रिङ्गटा लाग्दा हुने लक्षण


टाउको घुम्नु, शरीर हल्लेको अनुभव हुनु, आँखा

अगाडि अध्यारो छाउनु, अनुहार फिक्का र शरीर

चिसो हुनु, कमजोरी भएको अनुभव हुनु, चक्कर

लागेर लड्नु, शरीरमा सुन्यता हुनु,उल्टी आउनु,

कानमा आवाज आउनु, बोल्न कठिनाइ हुनु

आदि देखिन्छन।


रिङ्गटा लाग्दा के खाने?


  • सात्विक पच्ने खालको खाना समयमा खाने।

  • कमजोरी भएर रिङ्गटा लागेको हो भने एक

गिलास दूध वा पानीमा gulcose मिलाएर पिउने।

  • गर्मीले गर्दा रिङ्गटा लागेको हो भने अमलाको

सर्वत पिउने।

  • घिउमा 50 ग्राम काजु हल्का सेकाएर अलिकति

नुन मिसाएर दिनमा तीन-चार पटक खाने।

  • एक चम्चा तुलसीको रसमा 2 वटा मरिच

पिँधेर मिसाउने अनि बिहान बेलुका खाने।


रिङ्गटा लाग्दा कस्तो खानेकुरा नखाने?


  • रक्सी खैनी नशा लाग्ने चीज नखाने।

  • एलोपेथिक दबाइ आफ्नो इच्छाले नखाने।

  • धेरै र भारी खाना नखाने।


रिङ्गटा लागेको बेलामा के गर्ने?


  • रिङ्गटा लाग्ने बित्तिकै तुरुन्तै बस्ने। सुविधा

भएमा ओछ्यानमा सुत्ने र आँखा बन्द गर्ने।

  • सुत्ने कोशिस गर्ने, निन्द्रा लाग्यो भने पर्याप्त

सुत्ने, नियमितरुपमा व्यायाम गर्ने र बिहान

र्निङ वाक गर्ने।

  • मधुमेह नियन्त्रणमा राख्ने, एनिमियाको औषधि

गराउने।

  • टाउकोमा बदामको तेलले मालिस गर्ने।

  • आँखा कमजोर भए उचित नम्बरको चस्मा

लगाउने।

  • आँखा, गर्दन, टाउकोको कसरत फिजियोथेरापिस्ट

सँग सिकेर सधैं गर्ने


रिङ्गटा लागेको बेलामा के नगर्ने?


  • बारम्बार रिङ्गटा लाग्छ भने एक्लै घुम्न नजाने।

  • होचो अग्लो अँध्यारो र चिप्लो बाटोमा नहिँड्ने।

  • चिया चुरोट नखाने।

  • साइकल स्कुटर कार लगायत सवारीसाधन चलाउने।

  • Balcony वा अरु कुनै अग्लो ठाउँबाट तल नहेर्ने।

  • कठीन शारीरिक या मानसिक परिश्रम नगर्ने।

  • आगो या पोखरीबाट टाढै रहने, खोला तर्न छोडिदिने।

No comments:

Post a Comment

कपाल स्त्रैत (Straight) बनाउन अपनाउनुहोस् यी घरेलु उपाय

  कागती, दुई चम्चा तोरीको तेल र एक कप नरिवलको तेल मिलाएर बिस्तारै हातले कपालमा लगाउनुहोस् । यसले कपाललाई सिधा गर्न मद्दत गर्छ । यो मिश्रणलाई...