Tuesday, July 13, 2021

नाक बाट रगत आउने कारण र यसका लक्षणहरु



 नाक बाट रगत आउनु


प्राय: गर्मीमा नाकबाट रगत आउँछ, जसलाई

नाथ्री फुट्नु पनि भनिन्छ ! यदाकदा यो रोग

साधारण उपायले ठिक हुन्छ ! तर जसलाई

यो रोग बारम्बार हुन्छ उसले गम्भीरतापुर्वक

लिनुपर्छ ! अरु गम्भीर बिरामीको कारणले

पनि नाक बाट रगत थालेको हुन सक्छ !


नाक बाट रगत आउने कारण


 


नाकमा चोट लाग्नु, नाकमा बारम्बार औंला

हाल्नु, प्रचण्ड गर्मीमा घुम्नु, हृदय रोग, गर्मि

खालको एलोपेथिक दबाई खानु, पुरानो रुघा,

उच्च रक्तचापभएमा, रक्तअल्पता भएमा,

फ्यु, क्यान्सर, हिमोफिलिया, कुकुर खोकी,

नोमोनिया, नाक दुख्नु, टाईफाईड, मासु, माछा,

अण्डा, आदि तातो कुरा, पिरो, मसालेदार,

चटपटे, अमिलो खानेकुरा, अचार सिरका,

दहि, रक्सी, आदि खानाले!


यसका लक्षणहरु


यो रोगमा नाकबाट रगत आउनु भन्दा टाउको

दुख्ने, रिंगटा लाग्ने, भारीपन महसुस हुने आदि

लक्षण देखिन्छ ! रगत प्राय: रातो चमकदार

हुन्छ ! कहिलेकाही नाकको रगत पेटमा गएर

उल्टिको रुपमा मुखबाट बाहिर निस्कन्छ !

हात, खुट्टा दुख्छ, शारीरिक कमजोरी आदि

लक्षण देखिन्छ !


यो रोगको लागेको बेलामा के खानेकुरा खाने?


  • एक गिलास दुधमा दुईटा पाकेको केरा

मिलाएर दूई हप्तासम्म सधै खाने !

  • हल्का, सुपाच्य, तरल खानेकुरा खाने !

  • सुन्तलाको रस दिनमा दूईपटक पिउने !

  • अमलाको मस्यौरा खाना संग सधै खाने !

  • एक कप अनारको रसमा एक चम्चा मिश्री

मिलाएर सधै दिउँसो पिउने !

  • दुई चम्चा ग्लुकोज बिहान बेलुका एक कप

दुधसंग खाने !


यो रोग लागेको बेलामा के नखाने?


भारी, तारेको, पिरो, मसालेदार खाना नखाने !

लसुन, माछा, मासु, अण्डा, रक्सी नखाने !

गर्मीको मौसममा बरफ नखाने !


नाकबाट रगत बगेमा के गर्ने?


  • रोगीलाई उत्तानो सुताएर नाकमा बरफको चिसो

पानीमा भिजाएको कपडा राख्ने !

  • गर्मीको दिनमा टाउकोमा पानी हालेर पुरै

कपाल भिजाई दिने !

  • गर्मीमा बिहान बेलुका नुहाउने !

  • गुलियो अंगुरको रस, धनियाँको हरियो पातको

रस, कागतीको रस, प्याजको रस जे

तुरुन्त उपलब्ध हुनसक्छ त्यसको

  • दुईदुई थोपा नाकमा हाल्ने !


नाकबाट रगत बगेमा के नगर्ने?


  • तातो घाममा नखेल्ने, काम नगर्ने

  • नाक नकोट्याउने

  • नाकमा केहि वस्तु चिज नहाल्ने !

 


 


 


No comments:

Post a Comment

कपाल स्त्रैत (Straight) बनाउन अपनाउनुहोस् यी घरेलु उपाय

  कागती, दुई चम्चा तोरीको तेल र एक कप नरिवलको तेल मिलाएर बिस्तारै हातले कपालमा लगाउनुहोस् । यसले कपाललाई सिधा गर्न मद्दत गर्छ । यो मिश्रणलाई...