Thursday, July 1, 2021

मोटोपना यस्तो रोग लागेको बेला के नगर्ने?





मोटोपना


शरीरमा आवश्यकता भन्दा बढी बोसो जम्मा

भएर शरीर बेडोल हुन्छ। मोटाउनु मानिसको

लागि समस्या मात्र नभएर अनेक रोग पनि हो!

यस्तो मोटो मानिसको तन र मनको स्फूर्ति हराएर

जान्छ।


यो रोग लाग्नुको कारण


प्रमुख कारणमा खानदानी रोग, नलिविहिन ग्रन्थिहरु

जस्तो थाइराइड, पिट्युटरी, एङ्रिनाल  ग्लैन्डस् 

हर्मोनको असन्तुलन, गलत खानपिन, बोसो बढाउने

खालको खाना, घिउ मखन, आलु मिठाई,चिनी, केरा,

मासुमा बदाम आदि धेरै खानु। परिश्रम व्यायाम नगर्नु,

दिनमा सुत्नु, आराम धेरै गर्नु, मासिक धर्म नियमित

नहुनु अथवा कम हुनु, धेरै खाना खानु, तातो चिया

खानु आदि।


यो रोग लाग्दा को लक्षण


यो रोगको लक्षणमा फुर्ति अभाव, उत्साहको कमी,

दैनिक काम गर्न ढिलासुस्ती, थोरै काम गर्दा पनि

थकाइ लाग्नु, सास फुल्नु, घबराहट  हुनु, बेचैनी हुनु,

धेरै पसिना आउनु, पसिना गनाउने, मधुमेह, उच्च रक्तचाप,

हृदयको दुर्बलता, हृदय रोग, मासिक धर्मको अनियमितता,

दिशा या पिसाबसम्बन्धी विकार, बाथ हार्मोन सम्बन्धी

रोग देखा पर्छ।


यस्तो रोग लागेको बेलामा के खानेकुरा खाने?


  • सदा सुपाच्य र सन्तुलित खाना खाने।

  • खाना आवश्यक भन्दा कम नै खाने।

  • टमाटर, लौका, काँक्रोको रस, कागती मिलाएर

खाने।

  • आलु उसिनेर या आगोमा सेकाएर खाने।बिहान

खाली पेटमा एक गिलास पानीमा कागतीको

रस र मह मिलाएर खाने।

  • गहत टमाटर पालुंगो चनाको दालबनाएर खाने।

  • खानासँग सलाद नियमित रुपमा खाने।




यस्तो रोग लागेको बेलामा कस्तो खानेकुरा

नखाने?


  • भारी, तारेको, भुटेको, पिरो, मसलेदार, अमिलो,

चटपटे खालको खानेकुरा नखाने।

  • माछा मासु अण्डा घ्यू तेल मैदा चीनी नखाने।

  • भात चकलेट मिठाई केरा तारेको आलु चिप्स

अंगुर नखाने।

  • बदाम पेस्ता काजु मख्खन मलाई नखाने।

  • नुन धेरै नखाने।


यस्तो रोग लागेको बेलामा के गर्ने?


  • बिहान बेलुका नियमितरुपमा घुम्न जाने, डोरि

नाघ्ने, दौडने जस्ता व्यायम गर्ने।

  • जगिङ, साइकलिङ, एरोबिक, एक्सरसाईज, नाच्ने

तथा योगासन गर्ने।

  • नियमितरुपमा तेलले मालिस गर्ने।

  • सधै शारीरिक परिश्रम गर्ने।

  • हप्तामा एक-दुइ दिन ब्रत बस्ने र फलफूल

तरकारी को जुस खाने।

  • कब्जियत बढाउने उपाय गर्ने।



यस्तो रोग लागेको बेला के नगर्ने?


  • दिनमा नसुत्ने।

  • दिनभरि आराम नगर्ने।

  • भोकै बसेर fasting नगर्ने।

  • छिटो-छिटो खाना नखाने।

No comments:

Post a Comment

कपाल स्त्रैत (Straight) बनाउन अपनाउनुहोस् यी घरेलु उपाय

  कागती, दुई चम्चा तोरीको तेल र एक कप नरिवलको तेल मिलाएर बिस्तारै हातले कपालमा लगाउनुहोस् । यसले कपाललाई सिधा गर्न मद्दत गर्छ । यो मिश्रणलाई...