Friday, July 2, 2021

विभिन्न मुत्र, तथा यौन रोगहरु



पिसाब पोल्ने रोग


पिसाब पोल्ने रोगमा कस्तो खानेकुरा खाने?


  • फलफुल खरभुजा स्याउ अनार सुन्तला अमला

नासपाती आदि रसिलो फल खाने।

  • काँचो दुधको लस्सी बनाउने त्यसमा सुकुमेल

धुलो मिसाएर बिहान बेलुका पिउने।

  • गाँजर उखुको रस काँचो नरिवलको पानी पिउने।

  • तिर्खा लागेमा कागती पानी बनाएर खाने।

  • एक गिलास मुलाको रस बिहान बेलुका खाने।

  • तरकारीमा फुलकोभि,प्याज धनिया अदुवा घिरौँला खाने।


पिसाब पोलेमा उपचार गर्ने तरिका


  • मूत्राशय मा तातो पानीको पोका बनाएर राख्ने।

  • पानीको मात्रा धेरै पिउने।

  • राती धेरै बेरसम्म अनिदो नबस्ने।

  • सम्भोगमा धेरै लिप्त नबन्ने।

  • गर्मी र जाडो भएको ठाउँमा धेरै समयसम्म नबस्ने।

  • धुम्रपान गर्ने बानी भएमा त्याग्ने।


वीर्य अथवा शुक्रकिटको क्षमता बढाउन परेमा


सबै मानिसमा वीर्यको मात्रा बराबरी नै पाईन्छ भन्ने

छैन। कोही मानिसमा यसको मात्रा अत्यन्तै कम

भएको पाइन्छ। यस्ता व्यक्तिहरुले आफ्नो यो अवस्था

कोही मानिससँग नभने तापनि उनीहरुमा यस्तो रोग

भनौ वीर्य नै थोरै बन्दा आफूलाई धेरै निराश लाग्दछ।

यसको लागि सजिलो उपाय यसरी लेखिएको छ।


  • उखुको रस नियमित खानाले बिर्यको मात्रा बढाउन

सकिन्छ।

  • आकाशबेली को रस सुत्नुभन्दा अगाडि र खाना

पछाडि दिनको दुई चौथाइ खाएर पनि वीर्य बढ्दछ।

  • दिनदिनै गाईको दूध आधा माना खानले पनि वीर्य

बढ्दछ।

  • पैयुको फल अथवा यसको बोक्रालाई पिसेर यसको

रस खानाले पनि वीर्य बढ्दछ

  • नरिवल भित्रको पानी केही दिनसम्म नियमित

खानाले पनि वीर्यको मात्रा बढ्दछ।

  • बरको फल पकाई निस्केको गाडा झोल दिनको

एकचौथाइ रस 20-21 दिनसम्म नियमित खानाले

बिर्यको मात्रा बढेर जान्छ।


लिङ्ग अथवा योनिमा घाउ भए के गर्ने?


योनि,लिङ्ग वा अन्य गुप्ताङ्गमा घाउ भै किटाणु समेत

परेमा सानो अमलाको रसमा थोरै कपुर फिटेर लगाउँदा

शीतलता प्रदान भै घाउ ठिक हुन सक्दछ। 


योनिबाट सेतो पानी बगेमा


युवतीहरूको योनिबाट सेतो पानी बगेमा मह र

केरा खानाले रोकिने गर्दछ।


बच्चा पाउन नसकेमा के गर्ने?


परेवाको सुली, घोडाको लिदी पानीमा फिटेर कपडामा

छानेर खान दिनु पर्दछ। यसो गर्दा बच्चाले चाप्न

थाल्छ अनि शरीर पनि तातो बन्छ जसले गर्दा

बच्चा छिटो जन्मिन्छ। सुत्केरीको आफ्नै कपडालाई

मुखभित्र हालेर चपाउँदा बच्चा छिट्टै बाहिर निस्किन्छ।

छ्युके झारलाई बल गरेर सुँघेर कन्दा पनि बच्चा

पाउन सजिलो हुन्छ।


योनि चिलाउने, सुन्निने र दुख्ने भएमा


चिराइतोको सुकेको पात डाँठ वा जराको केही भाग

लिई कुट्ने र पानीमा भिजाउने, रस बनाउने अथवा

सफा पानी राखी उमालेर सेलाएपछि उक्त रस वा

पानीले योनीको भित्रसम्म दिनको चार-पाँच पटक

सफा गर्ने, केही मात्रामा यो पानी खाने गर्नाले योनि

चिलाउने सुन्निने दुख्ने लगायत सेतोपानी बग्ने

जस्ता रोगबाट फाइदा मिल्दछ।


महिनावारी गडबडी भएमा


रायो गेडालाई पिँधेर पानीसँग खानाले, पुदिनाको सेवन

गर्नाले वा पिपल र तीत्रीको बोक्राको बराबर भागलाई

मिलाएर कुटपिस गरी चूर्ण बनाएर  दूधमिश्री पानीसँग

मिलाएर खानाले मासिक धर्म नियमित रुपले हुन्छ।


No comments:

Post a Comment

कपाल स्त्रैत (Straight) बनाउन अपनाउनुहोस् यी घरेलु उपाय

  कागती, दुई चम्चा तोरीको तेल र एक कप नरिवलको तेल मिलाएर बिस्तारै हातले कपालमा लगाउनुहोस् । यसले कपाललाई सिधा गर्न मद्दत गर्छ । यो मिश्रणलाई...