Friday, July 30, 2021

जडिबुटी भाग-१

 जडिबुटी भाग-१



भलायो


सुकेको भलायोको बिउलाई पिँधेर धूलो पार्ने र

2/3 ग्राम  त्यसको धूलोलाई नरिवल घिउसँग

मिलाएर सेवन गर्नाले पेट सम्बन्धि सम्पुर्ण

रोगहरु निको हुन्छ। यसले पेटको जुका मार्छ

शक्ति प्रदान गर्छ र वीर्यको मात्रालाई बढाउँछ।


लुँडे झार


लुडेको मुन्टालाई तरकारीको रुपमा प्रयोग गर्नाले

वा यसको जरा र मुन्टालाई थिचेर रस निकाली

बिहान-बेलुका चौलानी पानीसँग खानाले रक्तप्रदर,

रक्त विकार र यौनजन्य संक्रमणबाट बच्न

सकिन्छ। लुडेको रसले योनाङ्ग धुनाले पनि

राम्रो फाइदा गर्छ


शिवलिंगी


यसको 10/15 ओटा फलको तरकारी पकाएर दुईहप्ता

खानाले पेटलाई सफा राख्दछ, पेटको गर्मी हटाउँछ,

यसको प्रयोगले सिद्धि शान्ति र  पुत्रप्राप्ति हुन्छ।

पाकेको केरा मा शिवलिंगी को बिउ राखेर खानाले

पुत्र प्राप्ति हुन्छ भन्ने भनाइ पनि छ।


बकाइनो


यसको फल पात वा बोक्रालाई पिसेर लेदो बनाई

लुतो घाउ खटिरामा लगाउनाले वा बकाइनोको

धूलोलाई मनतातो पानी वा दूधसँग मिसाएर

नियमित पिउनाले विभिन्न प्रकारका चर्मरोगहरु

निको हुन्छन्। यसको प्रयोगले महिलाहरूको

शिथिल गर्भाशय लाई दरो बनाउँछ पेटको

अर्सबाट मुक्ति मिल्छ पेटको जुका मर्छ।


सुनपाती


यसको पातलाई सुकाएर वा ताजै पातलाई

मुखमा राखेर विस्तारै चुसी रहनाले धुम्रपानको

डल्लोलाई छुटाउन सहयोग गर्छ। धुम्रपान

सेवन गर्नेहरूको तलतल लाई मेटाउँछ। धूप र

सुगन्धित तेल उत्पादनको लागि यो अति नै

उपयोगी छ।।


सिस्नु


सिस्नोको मुल जरा पात वा मुन्टालाई काँचै

पिधेर रस निकाली दैनिक पिउनाले यसको

ताजा पात वा मुन्टालाई तरकारीको रुपमा

पकाई खानाले रक्तअल्पता, नातागत पिसाब

तथा पेट सम्बन्धि सम्पुर्ण रोगहरुमा राम्रो

फाइदा पुर्याउँछ। यसको प्रयोगले आँखा तथा

छालालाई सुन्दर राख्दछ।


यार्सागुम्बा


यो दुर्गम हिमाली जिल्लाको पाखा भित्तामा हिउ

मुनि पुरिएर रहने एकप्रकारको लाभ्रे किरामा

ढुसी लागेर उम्रिने च्याउ हो। यसको टुप्पा खैरो

र फेदीका पहेलो हुन्छ। अत्यन्तै शक्तिवर्धक

र यौन क्षमता बढाउने यो वनस्पति मानव जीवनको

लागि सञ्जीवनी बुटी नै साबित भएको छ।

बिहान-बेलुका मह मिलाएको दुधसँग एक-एकवटा

यार्सागुम्बा खाने हो भने यसले hepatitis b virus

लाई समेत नष्ट गरिदिन्छ। अत्याधिक यौन शक्ति

पैदा गर्दछ। फोक्सो र मिर्गौलाको क्यान्सरलाई निको

पारेर शरीरका सम्पूर्ण अङ्गहरू लाई सवल र सक्षम

बनाउँछ। बृद्धहरुलाई जवान बनाउँछ, चाहुरिएको

गालालाई पुष्ट बनाउँछ।


शंखपुष्पी


यसको पूरै बोटलाई पिसेर निकालिएको रस मध्ये 2

चम्चाजति गायको दुधसँग बिहान-बेलुका सेबन

गर्नाले मुहारमा नयाँ कान्ती छाउँछ। शंखपुष्पीले

स्मरणशक्ति बढाउँछ। यसले मानसिक रोग

बौलापनलाई नियन्त्रणमा राख्दछ।


दूधे लहरो


यसको जरा र ठुलो जराको बोकालाई कुटेर रस

निकाल्ने र एक चिया गिलासको 8 भागको

एक भागमा मिश्री मिसाएर दिनको दुई पटक

खाने गर्नाले दम खोकी ठीक हुन्छ। छाला

सम्बन्धी सम्पुर्ण रोगहरुमा यसले राम्रो फाइदा

गर्दछ। पिसाब राम्रोसँग खुलाउँछ, रक्त विकारलाई

घटाउँछ।


बज्रदन्ती


यसको स-साना हाँगाले नियमित दाँत माझ्नाले

दाँत राम्रो, चम्किलो, सफा हुनुको साथै दाँत

सम्बन्धी सम्पूर्ण रोगहरुलाई नष्ट गरिदिन्छ।

यसको मूल जरालाई पानीमा पकाइ मुख कुल्ला

गर्नाले मुखको दुर्गन्ध हट्छ। स्वासप्रस्वास

सम्बन्धि सम्पूर्ण रोगहरु नास गर्छ।


अदुवा


2/3 चम्चा अदुवाको रसमा 2/3 चम्चा मह मिलाएर

वा अदुवाको धूलो 2/3 ग्राम महसँग दिनको दुइ

तिन पटक सेवन गर्नाले आमबात, स्वास

सम्बन्धि रोग, पेटको रोग,  हृदय रोग आदिको

निवारण गर्दछ।


मजीठो


यसको मूल जरा वा पातलाई कुटेर २/३ ग्राम

रसमा मह मिलाई पानीसँग दिनको दुई तीन

पटक पिउनाले छाला चिलाउने, सुन्निने रोग

आदिमा राम्रो फाइदा गर्छ। यसको प्रयोगले

कान आँखा र यौनाङ्ग का  सम्पुर्ण रोगहरुलाई

निर्मुल पारिदिन्छ। यसको प्रयोगले महिलाहरूको

मासिक धर्म गड्बडी मा राम्रो फाइदा गर्छ।


बलु झार


यसको जरालाई सफा गरी छायाँमा सुकाउने सुकेको

जरालाई कुटेर धूलो वनाउने, उक्त धुलो 3/4 ग्रामलाई

दुध्मा घोलेर, त्यसमा एक चम्चा मह मिलाई दिनमा

दुईपटक पिउने गरेमा पिसाब राम्रोसँग खुल्दछ।

गर्भवती महिलाले यसको नियमित सेवन गरेमा

गर्भको शिशुलाई बलियो बनाउँदछ । रक्तपित्तको

साथै क्षयरोग पनि निको हुन्छ। बाथ रोगमा राम्रो

फाइदा गर्छ शरीर बलियो र पुष्ट हुन्छ।


केशर


समुन्द्री सतहबाट 15 सयदेखि 25 सय मिटरको

उचाइमा पाइने यो वनस्पतिको फुलमा आउने

स्त्रि केशर (फूलभित्र रहेको बिउ) निकालेर छायामा

सुकाइ पिंधेर 2/3 g धूलोलाई बिहान-बेलुका

पानीसँग खानाले यौनशक्ति बढ्छ।।

यसको प्रयोगले अतिसार, शुल, महिलाहरूको

महिनावरी राम्रोसँग नहुने समस्या, मैनावारि

हुदा रगत धेरै बग्ने समस्या, दम खोकी, घाँटीको

समस्या, कलेजमा समस्या, आमबात, नाडिशुल,

पिसाब नखुल्ने समस्या, टाउको दुख्ने रोगको

लागि अति गुणकारी छ। घिउमा केशर र

चिनीलाई फुलाएर सुँघ्नाले आधा टाउको

दुख्ने र अति नै टाउको दुख्ने रोग पनि

निर्मुल पारिदिन्छ।


कन्टकारी


कन्टकारी को बोट को सम्पूर्ण भागलाई पिंधेर

तयार पारेको ५/६ gram धुलोमा मह मिलाएर

तातो पानीमा दिनहुँ दुई तीन पटक सेवन

गर्नाले पिनास, दम, खोकी, ज्वरो, पेटमा किरा

पर्ने जस्ता रोगहरुमा विशेष लाभ दिन्छ।

यसको बोटलाई संकलन गरी छाँयामा सुकाएर

कुटपिस् गरी पाँच ५/६ ग्राम धूलोमा 50/ 60

ग्राम मह मिलाएर दिनको तीन-चार पटक

सेवन गर्नाले हृदयरोग, कोखा दुख्ने, गला

बस्ने आदि रोगहरुमा निको हुन्छ। जलन

तथा पाचनशक्तिलाई पनि ठिक गर्छ।

शरीरमा नयाँ शक्ति पैदा गर्दछ।


अशोक


राम्रोसँग छिप्पिएको अशोकको बोटबाट बोक्रा

निकाली सुकाउने र घाममा राम्ररी सुकिसकेपछि

धुलो बनाउने। यसरी तयार पारिएको धुलोको

12 देखि 15 ग्राम भागलाई एक गिलास दूध

वा पानीमा पकाएर आधा बाँकी भएपछि

आगोबाट निकालेर छानी चिसो पारेर बिहान

बेलुका पिउनाले रक्तप्रदर, हात खुट्टा पोल्ने,

झमझमाउने, कोखा हान्ने, पेट सम्बन्धि सम्पुर्ण

रोगहरुमा राम्रो फाइदा गर्दछ। अशोकको सुकेको

फूलको 5 देखि 7 ग्राम धूलो एक गिलास दूध

वा पानीमा पकाएर पिउनाले स्त्री रोग हरुको

नास हुनुको साथै माथिका सम्पूर्ण रोगहरुमा

विशेष लाभ दिन्छ।


अश्वगंधा


यसको जरालाई राम्रोसँग धोइपखाली घाममा

सुकाएर धुलो बनाउने अनि पाँचदेखि छ ग्राम

धूलोलाई एक चिया गिलासको 8 भागको एक

भाग पानीमा वा मिश्री राखेर उमालेको दूधसँग

मिलाएर बिहान बेलुका भोजनपछि सेवन गर्नाले

शरीरलाई चाहिने रसायन वृद्धि गर्दछ। यसको

प्रयोगले यौन शक्ति बढेर आउँछ, बाथरोग

पूर्णरूपमा निको हुन्छ।


खयर


20 देखि 30 बर्ष पुरानो खयरको रुखको भित्री भाग

(चुरो) लाई ससाना टुक्राहरु बनाई काटेर माटोको

भाँडोमा हाल्ने र एकपाथी पानीमा घण्टौं पकाई

आधा माना पानी, बाँकी रहेपछि झिक्ने र त्यसपछि

उक्त झोललाई छानेर काठको बाकसमा खन्याई

चिसो पार्ने । अब राम्रोसँग जमेको क्वाथलाई

बाकसबाट निकाली ससाना टुक्रा पारेर घाममा

सुकाई ओभानो भाँडामा भरेर राख्ने। त्यसपछि

10 देखि 15 mg बोक्राको क्वाथ लाई महसँग

मिलाएर खानाले वा सा-साना टुक्राहरुलाई मुखमा

राखि चुसी रहनाले मुख तथा पेटको घाउखटिरा,

रक्त विकार, अतिसार, श्वास सम्बन्धि रोग तथा

दाँत सम्बन्धी सम्पुर्ण रोगहरु निको हुन्छ।


कागती घाँस


यसको कलिलो पातलाई तथा बीउलाई छायाँमा

सुकाई खलमा पिस्ने र यसरी पिसेर बनाइएको

धुलोलाई एक गिलास पानीमा उमालेर छान्ने

अनि 50 देखि 100 mg पानीमा एक चम्चा मह

मिलाई दिनमा तीनचार पटक सेवन गर्नाले

हृदय जलन ठिक हुन्छ।  यसले पाचनशक्तिलाई

बढाउँछ, खानामा रुचि बढ्छ, पेट फुल्ने समस्याबाट

मुक्ति मिल्छ, त्यस्तै रुघाखोकी, ज्वरो, डायरिया,

पसिना र पिसाबसम्बन्धी रोगहरूलाई नियन्त्रणमा

राख्दछ।

 

अल्लो


डाइबिटीजको रोगीहरुले अल्लोको जरालाई पिंधेर

निकालेको रसलाई 15 देखि 20 mg को दरले

बिहान बेलुका केही महिनासम्म सेवन गर्नाले

वा अल्लोको पात वा मुन्टाको धुलोलाई 1/1

चम्चाको दरले बिहान बेलुका सेवन गर्नाले राम्रो

फाइदा गर्दछ। हृदय रोग, अरुची, रक्तपित्त,

पिसाब सम्बन्धी रोगहरुमा यसको जरा, पुरै

बोट र मुन्टा ले फाईदा गर्दछ।


कालो मुस्ली


उखुको पात जस्तो देखिने 18 सय मिटरको

उचाइमा पाइने यो वनस्पति वर्षायाममा फुल्दछ ।

यसको फुल पहेलो हुन्छ । जराको बाहिरी भाग

कालो भए पनि भित्री भाग कोट्याई हेर्दा सेतो

देखिन्छ। यसको कम्तीमा पनि दुई वर्ष पुगेको

बोटको जरा लाई सफा गरी चिरेर सुकाई उक्त

जरालाई पिंधेर धुलो बनाई  5/6 ग्राम धूलोलाई

एक गिलास दूध सँग दिनको दुइपटक एक

हप्तासम्म सेबन गर्नाले बाथ, हर्सा, गुदद्वार,

पेट,दाँतमा आउने रोग,अतिसार शुल, श्वास

सम्बन्धी रोगमा विशेष फाइदा पुर्याउँछ। पिसाबको

माछालाई बढाउँछ, शरीर चिल्लो बनाई स्वस्थ

राख्न मद्दत गर्दछ ।


घोडताप्रे


यसको पूरै भाग वा पातहरुलाई कुटेर त्यसमा मह

वा मिश्री को धुलो मिसाएर पटक पटक पिउनाले

बाथरोग, कुष्ठरोग, नशा सम्बन्धि सम्पुर्ण रोगहरूलाई

निर्मूल पार्दछ। रगतलाई सफा राख्दछ, पिसाब

खुलाउँछ,  खानामा रुचि बढाउँछ,  खाना अपच

भएमा यसले टनिकको रुपमा काम गर्दछ।

यसलाई मिश्री पानीमा मिलाएर दिनको दुईपटक

खान सकिन्छ।  त्यस्तै घोडताप्रेको पुरै भागलाई

पानीमा पकाएर मनतातो भएपछि यौनाङ्ग वा

शरीरको अन्य भाग सफा गर्नाले भिरिङ्गी रोग

निको हुन्छ। । छालाका घाउ-खटिरा लाई निको

पार्छ यसको नियमित सेवनले तोते बोल्ने

बच्चाहरुलाई अत्यन्त फाइदा गर्दछ।


 


No comments:

Post a Comment

कपाल स्त्रैत (Straight) बनाउन अपनाउनुहोस् यी घरेलु उपाय

  कागती, दुई चम्चा तोरीको तेल र एक कप नरिवलको तेल मिलाएर बिस्तारै हातले कपालमा लगाउनुहोस् । यसले कपाललाई सिधा गर्न मद्दत गर्छ । यो मिश्रणलाई...