Sunday, July 25, 2021

सेतो दुबि आउने कारणहरु र यो रोग लागेको बेलामा कस्तो खानेकुराहरु खाने?

 



सेतो दुवी आएमा


यो रोगमा छालाको प्राकृतिक रङ बदलिएर सेतो

हुन्छ। शरीरको कुनै पनि भाग को रङ परिवर्तन

भएर बिस्तारैबिस्तारै यो रोग फैलिएर जान्छ र

एकदिन यस्तो दिन पनि आउँछ कि शरीर पुरै

सेतो हुन्छ। यो रोग संक्रामक हुँदैन न त यो रोग

पीडादायक नै हुन्छ। उल्लेखनीय छ कि शरीरका

बाह्य स्तरमा मेलेनिन नामक रञ्जक द्रव्य हुन्छ ।

जसले छालालाई प्राकृतिक रङ प्रदान गर्दछ।


सेतो दुबि आउने कारणहरु








सेतो दुबि आउनुको प्रमुख कारण छालामा

मेलानोसाईट्स सेल्स द्वारा उत्पादित मेलेनिनको

कमी, पेटमा बारीक किरा हुनु र खानामा तामाको

तत्वको कमिले दाग बढ्नु, पैतृक या वंशाणुगत

कारणले, राजस्वला भएकी महिला, वृद्ध महिला र

अप्रिय नारीसँग मैथुन गर्नाले, बेमेल खाना खानुले,

धेरै खाना खाएर ब्यायम गर्नु, आधा पाकेको खाना

खानु, मासु धेरै खानु, पहिलाको खाना नपच्दै फेरी

खाना खानु, भारी पदार्थको सेवन ज्यादा गर्नु, पुरानो

कब्जियत, मन कर्म र वचनले पाप गर्नु, कलेजो

कमजोर हुनु, जन्डिस हुनु, कम्मरमा धेरै कसेर

पटुका अथवा डोरी बान्नु।


यस रोगका लक्षणहरु


यो रोगको लक्षणमा सुरुमा हात कुहिनो अनुहार

खुट्टा कम्मर आदि स्थानमा सेतो दाग आएर

बिस्तारैबिस्तारै पुरै शरीरमा फैलिन्छ तथापि

दाग द्वारा कुनै दुखाइ भने हुँदैन।


यो रोग लागेको बेलामा कस्तो खानेकुराहरु खाने?





  • नुन नहालेको गहुँ, बाजरा, जुवानो, जौ को रोटी,

पुरानो चामलको भात मुसुरोको दाल खाने।

  • तरकारीमा पालुङ्गो, मेथी, बेथु, परबल, घिरौंला,

सजिउन, अदुवा, लसुन खाने।

  • फलफूलमा मेवा, अनार, अमला, मौसम, खजूर

खाने।

  • बिहान बेलुका खाना खाएपछि छाछ या गाजरको

रस पिउने।

  • चनाको दाल, चनाको रोटी बिना नुन केही महिना

खाने।


यस्तो रोग लागेको बेलामा कस्तो खानेकुराहरु

नखाने?


  • नयाँ अन्न, भारी, तारेको, नुनिलो, धेरै पिरो,

धेरै मसलेदार खानेकुरा नखाने।

  • अचार, शिरका, दही, अमचुर, तित्री, निबुवा नखाने।

  • मासु रक्सी तपाईंको नखाने

  • दूध र माछा या दूध र मासु एकसाथ नखाने

  • तिल,  सख्खर र दुध पनि एकसाथ नखाने।


यस्तो रोग लागेको बेलामा के गर्ने?





  • खाली समयमा घाममा बस्ने।

  • सुत्नुभन्दा 2/3 घण्टा अगाडि नै खाना खाने।

  • कब्जियतको समस्या छ भने हटाउने।

  • लसुनको रसमा हरड पिंधेर दागमा लगाउने।

  • बेलायती अकन्डाको दुध ओठ, आँखाको ओरिपरी

बाहेक सबैतिर बिहान बेलुका नियमितरुपमा

लगाउने।

 

यस्तो रोग लागेको बेलामा  के नगर्ने?


  • व्यायाम नगर्ने।

  • आगो नताप्ने, घाममा दिनभर हिड्न बाट बच्ने

  • खाने पिउने सेतो चिजबाट बच्ने।

  • दिसा, पिसाब, बमिट, शुक्रकिट वा अन्य

वेगलाई नरोक्ने।

  • राती जाग्राम नबस्ने, दिउँसो नसुत्ने।

No comments:

Post a Comment

कपाल स्त्रैत (Straight) बनाउन अपनाउनुहोस् यी घरेलु उपाय

  कागती, दुई चम्चा तोरीको तेल र एक कप नरिवलको तेल मिलाएर बिस्तारै हातले कपालमा लगाउनुहोस् । यसले कपाललाई सिधा गर्न मद्दत गर्छ । यो मिश्रणलाई...