डन्डिफोर
डन्डिफोर प्रायजसो सबै मानिसमा आउँदछ। यो
उमेर पुग्न लागेका युवायुवतीलाई अलि बढी
मात्रामा आउँदछ। नेपाली जवान अनुसार
डन्डिफोरलाई वैशको संकेत पनि भन्ने गरिन्छ।
जब युवा अवस्थामा मानिसहरु प्रवेश गर्दछन्
तब उनीहरूको अनुहारमा डण्डीफोर आउन शुरु
गर्दछ। अनुहारमा नै डन्डिफोर आउने भएकाले
युवा अथवा युवतीहरूको अनुहार नै कुरुप बनाउने
गर्दछ। त्यसैले यो रोगको औषधि समयमा नै
गरेर आफ्नो अनुहारलाई जोगाउनु पर्दछ।
डन्डिफोर आउने मुख्य कारणहरु
युवाअवस्थामा हर्मनको अधिकता ले गर्दा।
पेट खराब हुनु रगतको खराबी हुनु।
छालामा धुलोमैलो तथा फोहोर हुनु।
मुखमा विभिन्न प्रकारका क्रिम तथा मलम लगाउनु।
भिटामिन ए को कमी र चिल्लो पदार्थ धेरै खानु।
सम्भोगको अति चाहना हुनु हस्तमैथुन धेरै गर्नु
कामोत्तेजक साहित्यहरु अध्ययन गर्नु।
उत्तेजक चलचित्रहरू हेर्नु।
युवतीहरूमा मासिक धर्मको खराबीले गर्दा पनि
अनुहारमा डन्डिफोर आउँछ।
पेयपदार्थ धेरै पिउनु।
डन्डिफोर रोगको उपचार कसरी गर्ने?
सुत्नु अगाडि तातो पानीले मुख धुने अनि
अनुहारमा पानीको बाफ लिने।
बिहान सूर्योदय हुनुभन्दा पहिले नै घुम्न जाने।
सुत्नुभन्दा अगाडि अनुहारमा जैतुनको तेल अथवा
जाइफल लाई दुधमा घोटेर लगाउने।
बिहानीको समयमा शौचालय जाने।
कपालमा बोरिक lotion लगाएर पाकेको फोकामा
ओरिपरि बिस्तारै पुछ्दै खिल निकाल्ने।
नोट: डण्डीफोरलाई हातको औँलाले निचोर्ने काम
नगर्ने यसले अनुहारलाई कुरूप बनाउँदछ।
डन्डिफोर भएको बेलामा खानेकुरा यो यो खानुपर्दछ
यो यो खानुहुँदैन भन्ने छैन। तर पनि चिल्लो पदार्थ
धेरै मात्रामा नखाने, रातिको समयमा ढिलोसम्म
नबस्ने। यो एक पटक आउँछ अनि आफै हराएर
जान्छ। यसकालागि बिभिन्न किसिमको औषधी
प्रयोग गर्नु, जतिखेर पायो तेतिखेर हात नलगाउनु ,
नपाकेको बिमिरा र जबर्जस्ती निचोर्ने गर्नुहुँदैन।
यसले गर्दा डण्डिफोर बिग्रेर अनुहार कुरुप हुन्छ।
माथिका सबै कार्य गर्ने गरेमा डन्डिफोर डन्डिफोर
रोग आफैं ठीक हुन्छ। डण्डीफोर कुनै पनि ठूलो
रोग होइन।
No comments:
Post a Comment