Saturday, June 26, 2021

हस्तमैथुन कतिपटक गर्नु ठिक ? के हस्तमैथुन गर्दा फाइदा हुन्छ ?


 हाम्रो समाजमा अहिले पनि हस्तमैथुन गर्नुलाई त्यति ठिक मानिदैन् । तर एक अध्ययन्ले भने हस्तमैथुन गर्नुलाई ठिक मात्रै नभनी यौन समस्याको प्राकृतिक उपचार समेत हो भनि चित्रित गरेको छ ।


अध्ययनका अनुसार ९४ प्रतिशत पुरुष र ८९ प्रतिशत महिला जीवनमा कुनै न कुनै समयमा जानाजान हस्तमैथुन गरि आनन्द लिने गर्छन् । तर कतिपयले सीमाभन्दा बढी हस्तमैथुन गरि सामान्य स्वास्थ्यमा समस्या समेत पारेका छन् । यद्धपी अनुसन्धानले युवा अवस्थामा साताको दुई देखी तीन पटक हस्तमैथुन गर्न हानी नहुने स्पष्ट पारेको छ ।



त्यसो त हस्तमैथुनका बारेमा मानिसहरुमा विभिन्न किसिमका भ्रमहरु पनि छन् । एक खाले मानिसले हस्तमैथुनले शारीरिक कमजोरी आउछ र व्यक्तिको यौन क्षमतामा असर गर्छ समेत भन्दै आएका छन् तर पछिल्लो अनुसन्धानले भन हस्तमैथुन गर्दा हुने फाइदाका बारेमा केही कुरा प्रकाशमा ल्याएको छ के फाइदा हुँदो रहेछ त ? हेरौँ


- हस्तमैथुन चाहे पुरुषले गरुन चाहे महिलाले यसले आनन्द मात्रै दिन्छ । मानसिक तनाव निक्कै कम भएर जान्छ ।

- मानसिक मात्रै होइन हस्तमैथुनले शरीरका मांशपेशीलाई समेत सकारात्मक प्रभाव पार्छ । छिटो निन्द्रा लाग्छ ।

- मस्तिस्कमा तनाव बढाउने नसा हस्तमैथुनको बेलामा फुल्लिन्छ र ठूलो हुन्छ । यसले रगत सञ्चालनमा सहजता थप्छ र उच्चरक्तचापको समस्या कम हुन्छ ।

- महिलाहरुले हस्तमैथुन गर्दा महिनाबारिसम्वन्धी विकार पैदा हुँदैन् ।

- रक्तसञ्चारप्रकृयालाई सहज बनाउछ जसले प्रेसरको खतरा कम हुन्छ ।

- हस्तमैथुन गर्ने पुरुषमा प्रोष्टेट क्यान्सरका खतरा कम हुन्छ ।

- निन्द्रा नलाग्ने समस्याको प्राकृतिक उपचार नै हो भन्दा हुन्छ । अर्थात निन्द्रा लागि हाल्छ ।

- टाउको तथा शरीर दुख्ने समस्याबाट छुटकारा दिलाउछ ।

हस्तमैथुनले यौनजन्य विमारीबाट बचाउछ साथै अनिच्छुक गर्भ रहँन दिदैन ।

तर हस्तमैथुन साताको दुई देखि तीन पटकसम्म गर्नुराम्रो !


No comments:

Post a Comment

कपाल स्त्रैत (Straight) बनाउन अपनाउनुहोस् यी घरेलु उपाय

  कागती, दुई चम्चा तोरीको तेल र एक कप नरिवलको तेल मिलाएर बिस्तारै हातले कपालमा लगाउनुहोस् । यसले कपाललाई सिधा गर्न मद्दत गर्छ । यो मिश्रणलाई...