पक्षघात रोग
अहिलेको समयमा पक्षघात रोगको प्रकोप धेरैनै
बढेको पाइन्छ । के कारणले गर्दा प्यारालाईसिस
रोग लाग्यो भन्ने कुरा तत्कालै पत्ता लगाउन नसके
तापनि अस्पताल या आयुर्वेदिक ले आफ्नो आफ्नो
तरिकाबाट यसको व्याख्या गरेको पाइन्छ। जब
शरीरको दायाँ वा बायाँ भागको मांसपेशी या नशाको
कार्य सक्ती समाप्त भएर जान्छ तब प्यारलाइसिस
रोग देखा पर्दछ। आयुर्वेदिक भनाइअनुसार जब
मानिसमा बाथरोग बिग्रन्छ तब प्यारलाइसिस
रोग लाग्न थाल्दछ।
प्यारलाइसिस रोग लागेको कसरी थाहा पाउने?
आफ्नो शरीरको इच्छा चाहना अनुसारको
अङ्गलाई उठाउन नसक्नु।
आँखाले केही चिजलाई पनि धमिलो देख्नु।
एउटै बस्तुलाई दुईओटा देख्नु रिङ्गटा लाग्नु,
कमजोरी हुनु।
बोल्ने क्षमतामा पनि कमी आउनु बोल्दाखेरि
पनि बुझ्न नसकिने गरी बोली लर्खराउनु।
अनुहार बिकृत हुनु मुख टेढो हुनु।
गर्धन टेढो देखिनु।
के कारणबाट प्यारलाइसिस रोग लाग्दछ?
धेरै ब्लडप्रेसर बढ्नु।
कुनै चोटपटक लागेर मस्तिष्कमा चोट पुर्याएर
मस्तिष्कमा रगत जम्मा हुन गएमा।
अत्याधिक मात्रामा व्यायाम गर्नाले।
तीव्र मस्तिष्कको कारणले।
मस्तिष्कमा अन्य रोग जस्तै मिर्गी माइग्रेन
हिस्टोरिया डाइबेटीज जस्ता रोग लाग्नाले।
धेरै मात्रामा मैथुन गर्नाले।
आकस्मिक घटनाको कारणले जस्तै अत्यन्तै
हर्षित भएको बेला।
स्नायु रोगको कारणबाट धेरै रक्सी खानु र राती
धेरै बेरसम्म अनिदो बस्नु।
धेरै चिसो वातावरणमा बस्दापनि प्यारलाइसिस
रोग लाग्न सक्दछ।
प्यारलाइसिस रोग लागेको मानिसले कस्तो
खानेकुरा खाने?
रोटी पुरानो चामलको भात, दाल, मास र मुंगको
दाल खानुपर्दछ।
फलफूलमा खानुपर्दा अंगुर, आँप, सरिफा, स्याउ,
नास्पाती, मेवा खानु पर्दछ।
तरकारी खाँदा परबल, लौका, घिरौंला, करेला, भेण्टा,
अदुवा, प्याज, बेथु, मेथी आदि खानु पर्दछ।
तातो तातो दुध, तेल, घिउ, मखन, सुकेको मेवा,
बदाम, छोकरा, जस्ता पौष्टिक खानेकुराहरु
खानुपर्दछ।
मखन सँग 5/6 वटा लसुनको केस्रा चपाएर
बिहानबेलुका खाने साथै 5/6 वटै लशुनको
केस्रालाई पिंधेर सँधै नै दूधसँग खाने।
प्यारलाइसिस लागेका मानिसहरुले कस्तो
खानेकुरा नखाने?
नयाँ चामलको भात बेसन चिनी नुन सखर
रहरको दाल खाँदै नखाने।
चिया कफी तमाखु जस्ता पदार्थको सेवन गर्दै
नगर्ने।
चिसो चिजहरू जस्तै आइसक्रिम, कुलरको पानी,
colddrinks, बरफ खाँदै नखाने।
बट्टामा राखेको अमिलो अचार नखाने।
आलु, भिन्डी, तरुल, फर्सी, केरा नखाने।
प्यारालाईसिस रोग को उपचार कसरी गर्ने?
प्यारालाइसिस भएका बिरामीलाई सहारा दिएर
हिँडडुल तथा व्यायम गराउने।
फिजियोथेरापीको सल्लाह अनुसार नै नियमित
रुपमा व्यायाम गराउने।
हातखुट्टा धुनको लागि तातो पानीको व्यवस्था गर्ने।
500 मिलिलिटर तोरीको तेलमा 200 ग्राम पिसेको
लसुन मिलाएर राम्रोसँग उमाल्ने र चिसो भएपछि
छान्ने अनि यो तेलले प्यारालाइसिस भएको
अङ्गलाई मालिस गर्ने।
बिहान-बेलुका नाकाको प्वालमा अखरोट को तेल
लगाउने।
नुहाएपछि भुवादार तौलियाले शरीरलाई रगड्ने अनि
तातो लुगा लगाइदिने
चिसो पानीका साथै चिसो हावामा पनि नबस्ने।
रुवा खोकी लाग्न नदिने।
मनमा चिन्ता पर्ने खालको सोच कहिल्यै नसोच्ने।
दिसा पिसाब अपानवायुको वेगलाई रोक्ने प्रयास नगर्ने।
धेरै मात्रामा रक्सीको सेवन नगर्ने।
रातको समयमा अनिदो नबस्ने साथै धेरै मैथुन
पनि नगर्ने।
No comments:
Post a Comment