Sunday, June 27, 2021

ज्वरो आयो भने कस्तो प्रकारको खानेकुराहरु खाने?


 ज्वरो आउनु


ज्वरो सामान्यतया सबै मानिसहरूलाई आइरहन्छ।

यो ज्वरोबाट कोही मानिस पनि अछुतो छैनन् ।

ज्वरो भन्नेबित्तिकै सानो बच्चादेखि वृद्ध मानिसले

पनि बुझ्ने गर्दछन्। ज्वरो भनेको कुनै आफैमा रोग

होइन। शरीरमा अन्य कुनै रोग उत्पन्न भएमा

ज्वरो आउँदछ। यो ज्वरोलाई अन्य रोगको लक्षण

पनि भनिन्छ। शरीरको तापक्रम जब 98.4 डिग्री

फरेनहाईट अथवा 36.8 डिग्री सेल्सियसभन्दा बढी

भएमा ज्वरो आयो भनेर जान्नु पर्दछ।


ज्वरो आयो भने कस्तो प्रकारको हो खानेकुराहरु

खाने?


  • सकेसम्म धेरै मात्रामा झोलिलो पदार्थको सेवन

गर्ने।

  • ज्वरो उत्रेपछि रोटी दूध मुङ्को दाल पानी र

फलफूल खाने।

  • उमालेर मनतातो बनाएर धेरै मात्रामा पानी पिई

राख्ने।

  • गर्मी मौसममा ज्वरो बढी आयो भने बिरामीलाई

धेरै औडाहा भयो भने उमालेर चिसो वनाएको पानीमा

कागतीको थोरै नुन मिलाएर खाने।

  • ज्वरो आएर कमजोरी भएमा पानीमा मह मिलाएर

खाने।

  • साह्रो पचाउन नसकिने आँटिलो हालको खानेकुरा

नखाने।


ज्वरो आएको बेलामा कस्तो खानेकुराहरु नखाने?


ज्वरो विषयमा सामान्य रोगले पनि विशाल बनि कहिल्यै

निको नहुने सम्म हुन सक्छ। यसको लागि ज्वरोलाई असर

पार्ने खानेकुरा कहिल्यै पनि खानु हुँदैन। सकेसम्म ज्वरो

आएको बेलामा मुख बार्यो भने रोग निको पनि हुन्छ

यसको लागि खानेकुरामा नै ध्यान दिनुपर्छ जस्तै:


  • तेल घ्यूमा तारेको खानेकुरा नखाने।

  • मसलाको मात्रा धेरै भएको कुरा नखाने।

  • चिल्लो र बोसोको मात्रा धेरै भएको खाना नखाने।

  • ज्वरो आएको बेलामा भाग दूध कहिल्यै नखाने।

  • अमिलो प्रकारको फलफूल नखाने।

  • खुर्सानीको प्रयोग गर्दै नगर्ने।

  • माछा मासु अण्डा खाँदै नखाने।


ज्वरोलाई निको बनाउने उपायहरु।


  • पूर्णरुपमा आराम गर्नुपर्दछ।

  • कोठामा बस्दा सफा गरी कोठाको झ्याल ढोका

खुला बनाई बस्ने।

  • ज्वरो आएको सुरुका दुई दिन ब्रत बस्ने र झोलिलो

खानेकुरा मात्र खाने।

  • ज्वरो जाडोको कारणले आएको भएमा चिसो पानीको

पट्टी लगाउने।

  • बिहान-बेलुका नाकबाट लामोलामो साथ लिँदै छोड्ने।

  • धेरै कडा मेहनत परिश्रम पर्ने खालको काम नगर्ने।

  • ज्वरो आएको बेलामा धेरै बोल्ने बानी हटाउने।

  • कुनै चिन्ता भए अथवा त्यस्तै केही भएमा मनमा

त्यस्ता कुरा नराख्ने।

  • समय मौसम अनुसारको पहिरन गर्ने हर समयमा

कम्बल ब्ल्यांकेट जस्ता गर्मी हुने कपडा बेरेर

गुम्सिएर नबस्ने।


No comments:

Post a Comment

कपाल स्त्रैत (Straight) बनाउन अपनाउनुहोस् यी घरेलु उपाय

  कागती, दुई चम्चा तोरीको तेल र एक कप नरिवलको तेल मिलाएर बिस्तारै हातले कपालमा लगाउनुहोस् । यसले कपाललाई सिधा गर्न मद्दत गर्छ । यो मिश्रणलाई...