Tuesday, June 29, 2021

रिङ्गटा लाग्नु को कारण र रिङ्गटा लागेमा उपचार कसरी गर्ने?




 रिङ्गटा लाग्नु


यो रोग लागेको बेला चारैतिरको वस्तु घुमेको

जस्तो देखिन्छ। रिङ्गटा लाग्नु एक साधारण

रोग हो तर यसलाई मामुली सम्झेर गम्भिरता

सँग नलिनु ठीक होइन। यो कुनै गम्भीर रोगको

संकेत पनि हुन सक्छ। पहिलोपटक रिंगटा लाग्दैमा

भविष्यमा बारम्बार हुने रोग हो भनेर जान्नुपर्दछ।


रिङ्गटा लाग्नु को कारण


रिङ्गटा लाग्नुको प्रमुख कारणमा रक्तसञ्चारमा

कमी आउनु हो। रगतको कमी, रक्तचाप कम या

बढी हुनु, अत्याधिक शारीरिक या मानसिक थकान,

मानसिक तनाव भए, टाउकोमा चोट, हार्ट ब्ल्याक,

मुटुको धड्कनमा असामान्यता, आँखा कमजोर हुनु,

चश्मा नलगाउनु, मस्तिष्कमा रगतको कमी हुनु, नसा

फुट्नु, ब्रेन हेमरेज, ब्रेन ट्युमर, खानेकुरा वा दबाइको

एलर्जी, माईग्रेन, व्रत बस्नाले शरीर कमजोर हुनु,

रक्सी जस्तो नशा लाग्ने चीज धेरै खानु।


रिङ्गटा लाग्दा हुने लक्षण


टाउको घुम्नु, शरीर हल्लेको अनुभव हुनु, आँखा

अगाडि अध्यारो छाउनु, अनुहार फिक्का र शरीर

चिसो हुनु, कमजोरी भएको अनुभव हुनु, चक्कर

लागेर लड्नु, शरीरमा सुन्यता हुनु,उल्टी आउनु,

कानमा आवाज आउनु, बोल्न कठिनाइ हुनु

आदि देखिन्छन।


रिङ्गटा लाग्दा के खाने?


  • सात्विक पच्ने खालको खाना समयमा खाने।

  • कमजोरी भएर रिङ्गटा लागेको हो भने एक

गिलास दूध वा पानीमा gulcose मिलाएर पिउने।

  • गर्मीले गर्दा रिङ्गटा लागेको हो भने अमलाको

सर्वत पिउने।

  • घिउमा 50 ग्राम काजु हल्का सेकाएर अलिकति

नुन मिसाएर दिनमा तीन-चार पटक खाने।

  • एक चम्चा तुलसीको रसमा 2 वटा मरिच

पिँधेर मिसाउने अनि बिहान बेलुका खाने।


रिङ्गटा लाग्दा कस्तो खानेकुरा नखाने?


  • रक्सी खैनी नशा लाग्ने चीज नखाने।

  • एलोपेथिक दबाइ आफ्नो इच्छाले नखाने।

  • धेरै र भारी खाना नखाने।


रिङ्गटा लागेको बेलामा के गर्ने?


  • रिङ्गटा लाग्ने बित्तिकै तुरुन्तै बस्ने। सुविधा

भएमा ओछ्यानमा सुत्ने र आँखा बन्द गर्ने।

  • सुत्ने कोशिस गर्ने, निन्द्रा लाग्यो भने पर्याप्त

सुत्ने, नियमितरुपमा व्यायाम गर्ने र बिहान

र्निङ वाक गर्ने।

  • मधुमेह नियन्त्रणमा राख्ने, एनिमियाको औषधि

गराउने।

  • टाउकोमा बदामको तेलले मालिस गर्ने।

  • आँखा कमजोर भए उचित नम्बरको चस्मा

लगाउने।

  • आँखा, गर्दन, टाउकोको कसरत फिजियोथेरापिस्ट

सँग सिकेर सधैं गर्ने


रिङ्गटा लागेको बेलामा के नगर्ने?


  • बारम्बार रिङ्गटा लाग्छ भने एक्लै घुम्न नजाने।

  • होचो अग्लो अँध्यारो र चिप्लो बाटोमा नहिँड्ने।

  • चिया चुरोट नखाने।

  • साइकल स्कुटर कार लगायत सवारीसाधन चलाउने।

  • Balcony वा अरु कुनै अग्लो ठाउँबाट तल नहेर्ने।

  • कठीन शारीरिक या मानसिक परिश्रम नगर्ने।

  • आगो या पोखरीबाट टाढै रहने, खोला तर्न छोडिदिने।

Monday, June 28, 2021

पिल्सको अति प्रयोग गर्ने महिलालाई यस्ता असर देखिन सक्छ

 


टाउको दुख्ने तथा माईग्रेनको समस्या :


हर्मोनको उचारचडावका कारण टाउको दुख्ने तथा माईग्रेनको समस्या हुनसक्छ । कतिपय पिल्सहरुले शरीरमा एस्ट्रोजनको लेभल घटाइदिन्छ जसले टाउको दुख्ने समस्या सुरु हुन्छ । यदि तपाँई तपाँईमा यस्तो समस्या आएको छ भने तत्काल चिकित्सकलाई देखाउनुस र खाइरहेको पिल्सहरु बदल्नुपर्छ ।


लठ्याउन सक्छ :


यदि तपाईलाई पिल्स खाएपछि लठ्ठ पारेको जस्तो महसुस हुन्छ भने बेलुका खाना खाने बेलामा वा सुत्ने बेला भन्दा पहिले प्रयोग गर्नु उचित हुन्छ । पिल्स खाँदा जहिले पनि एउटैसमयमा खानु राम्रो हुन्छ । यसले कम साइडइफेक्ट हुने बताइन्छ ।


स्तन सुन्निनु वा कडापन आउनु :


पिल्सको प्रयोग गर्ने महिलाको स्तनमा कहिलेकाहि सुन्निने तथा कडापन आउन सक्छ । तर यस्तो समस्या केही समय पछि हराएर जानसक्छ । यो हुनुको कारण हर्मोनमा देखिने गडवडी नै हो । यस्तो बेलामा कफी तथा नुनको मात्रा घटाउनु राम्रो हुन्छ । त्यस्तै सपोर्टवाला ब्रा लगाउन राम्रो हुन्छ । तर यदि छाती दुख्छ , सास लिन गाह्रो हुन्छ भने तत्काल डाक्टरको सल्लाह लिनुपर्छ ।


महिनावारीका बेला असामान्य किसिमले रगत जाने :


पिल्स लिएको दुई वा तीन महिनाको बीचमा महिलाको महिनावारीका बेला असामान्य रुपमा रगत बग्छ । हर्मोन बढाउने पिल्स लिदा पाठेघरमा एन्डोमेट्रियलको लाइनिङ कमजोर भई झर्न सक्छ जसका कारण असामान्य रुपमा रगत बग्न शुरु हुन्छ । तर तपाइले पिल्स लिइसकेपछि पाँच दिनसम्म तथा सो भन्दा बढी दिनसम्म रगत बगिरहेमा डाक्टरको सल्लाह लिनु पर्छ ।


तौल बढ्छ :

पिल्सको खाएको हप्ता महिनादिन पछि नै शरीरको तौल बढदै जान्छ । तर यो वाटर रिटेन्सनको कारणले हुने गर्छ पछि हराएर जान सक्छ । गर्भ रहन नदिनका लागि भन्दै पिल्समा अत्यधिक मात्रामा एस्ट्रोजन राखिएको हुन्छ । जुन तौल बढाउने काम गर्छ । यसले खासगरि महिलको जाँघ, हिप तथा स्तन बढेको देखिन्छ ।


योनीमा इन्फेक्सन : 


बढी पिल्स प्रयोग गर्ने महिलामा योनी दुख्ने पाल्ेन तथा इन्फेक्सन हुने सम्भावना बढी हुन्छ । यो रोग त्यस्ता महिलामा अझ बढी हुन्छ जो महिलामा मधुमेह छ । चिनी तथा रक्सीको अत्यधिक सेवन गर्नेमा पनि इम्युन सिस्टम कमजोर हुन्छ ।


मुडमा परिवर्तन :


पिल्सको असर शरीरिक रुपमा मात्रै होइन कहिले काही मानसिक रुपमा पनि देखिन्छ । कहिलेकाँही डिप्रेसनको बाटोमा समेत लैजानसक्छ । किनकी सिन्थेटिक हार्मोनले मस्तिस्कको नसामा असर गर्छ । यदि तपाँईको घरमा कसैलाई डिप्रेसन छ भने अरुलाई पनि हुनसक्छ । त्यसैले डाक्टरलाई सबै कुरा भन्नुपर्छ ।


आँखाको ज्योतिमा परिवर्तन :


त्यो महिला जसले सुरु देखिनै चस्मा लगाउछिन् , उनले गर्भनिरोधक चक्की पिल्स खाँदा आँखामा असर पर्न सक्छ । हर्मोृनको कारणले आँखाको डील सुनिन्छ सक्छ । जसले समस्या हुन्छ ।


यौन इच्छामा कमी :


कतिपय महिलाहरुमा पिल्सको सेवनले यौन इच्छामा समेत कमी देखिन्छ । यो हर्मोन बढाउने चक्की भएकोले टेष्टोस्ट्रोनको उत्पादन रोक दिन्छ । यसले यौनजीवनमा समेत असर पर्छ । कहिलेकाही सेक्सको समयमा दुखाई समेत हुन्छ ।


Sunday, June 27, 2021

ज्वरो आयो भने कस्तो प्रकारको खानेकुराहरु खाने?


 ज्वरो आउनु


ज्वरो सामान्यतया सबै मानिसहरूलाई आइरहन्छ।

यो ज्वरोबाट कोही मानिस पनि अछुतो छैनन् ।

ज्वरो भन्नेबित्तिकै सानो बच्चादेखि वृद्ध मानिसले

पनि बुझ्ने गर्दछन्। ज्वरो भनेको कुनै आफैमा रोग

होइन। शरीरमा अन्य कुनै रोग उत्पन्न भएमा

ज्वरो आउँदछ। यो ज्वरोलाई अन्य रोगको लक्षण

पनि भनिन्छ। शरीरको तापक्रम जब 98.4 डिग्री

फरेनहाईट अथवा 36.8 डिग्री सेल्सियसभन्दा बढी

भएमा ज्वरो आयो भनेर जान्नु पर्दछ।


ज्वरो आयो भने कस्तो प्रकारको हो खानेकुराहरु

खाने?


  • सकेसम्म धेरै मात्रामा झोलिलो पदार्थको सेवन

गर्ने।

  • ज्वरो उत्रेपछि रोटी दूध मुङ्को दाल पानी र

फलफूल खाने।

  • उमालेर मनतातो बनाएर धेरै मात्रामा पानी पिई

राख्ने।

  • गर्मी मौसममा ज्वरो बढी आयो भने बिरामीलाई

धेरै औडाहा भयो भने उमालेर चिसो वनाएको पानीमा

कागतीको थोरै नुन मिलाएर खाने।

  • ज्वरो आएर कमजोरी भएमा पानीमा मह मिलाएर

खाने।

  • साह्रो पचाउन नसकिने आँटिलो हालको खानेकुरा

नखाने।


ज्वरो आएको बेलामा कस्तो खानेकुराहरु नखाने?


ज्वरो विषयमा सामान्य रोगले पनि विशाल बनि कहिल्यै

निको नहुने सम्म हुन सक्छ। यसको लागि ज्वरोलाई असर

पार्ने खानेकुरा कहिल्यै पनि खानु हुँदैन। सकेसम्म ज्वरो

आएको बेलामा मुख बार्यो भने रोग निको पनि हुन्छ

यसको लागि खानेकुरामा नै ध्यान दिनुपर्छ जस्तै:


  • तेल घ्यूमा तारेको खानेकुरा नखाने।

  • मसलाको मात्रा धेरै भएको कुरा नखाने।

  • चिल्लो र बोसोको मात्रा धेरै भएको खाना नखाने।

  • ज्वरो आएको बेलामा भाग दूध कहिल्यै नखाने।

  • अमिलो प्रकारको फलफूल नखाने।

  • खुर्सानीको प्रयोग गर्दै नगर्ने।

  • माछा मासु अण्डा खाँदै नखाने।


ज्वरोलाई निको बनाउने उपायहरु।


  • पूर्णरुपमा आराम गर्नुपर्दछ।

  • कोठामा बस्दा सफा गरी कोठाको झ्याल ढोका

खुला बनाई बस्ने।

  • ज्वरो आएको सुरुका दुई दिन ब्रत बस्ने र झोलिलो

खानेकुरा मात्र खाने।

  • ज्वरो जाडोको कारणले आएको भएमा चिसो पानीको

पट्टी लगाउने।

  • बिहान-बेलुका नाकबाट लामोलामो साथ लिँदै छोड्ने।

  • धेरै कडा मेहनत परिश्रम पर्ने खालको काम नगर्ने।

  • ज्वरो आएको बेलामा धेरै बोल्ने बानी हटाउने।

  • कुनै चिन्ता भए अथवा त्यस्तै केही भएमा मनमा

त्यस्ता कुरा नराख्ने।

  • समय मौसम अनुसारको पहिरन गर्ने हर समयमा

कम्बल ब्ल्यांकेट जस्ता गर्मी हुने कपडा बेरेर

गुम्सिएर नबस्ने।


Saturday, June 26, 2021

हस्तमैथुन कतिपटक गर्नु ठिक ? के हस्तमैथुन गर्दा फाइदा हुन्छ ?


 हाम्रो समाजमा अहिले पनि हस्तमैथुन गर्नुलाई त्यति ठिक मानिदैन् । तर एक अध्ययन्ले भने हस्तमैथुन गर्नुलाई ठिक मात्रै नभनी यौन समस्याको प्राकृतिक उपचार समेत हो भनि चित्रित गरेको छ ।


अध्ययनका अनुसार ९४ प्रतिशत पुरुष र ८९ प्रतिशत महिला जीवनमा कुनै न कुनै समयमा जानाजान हस्तमैथुन गरि आनन्द लिने गर्छन् । तर कतिपयले सीमाभन्दा बढी हस्तमैथुन गरि सामान्य स्वास्थ्यमा समस्या समेत पारेका छन् । यद्धपी अनुसन्धानले युवा अवस्थामा साताको दुई देखी तीन पटक हस्तमैथुन गर्न हानी नहुने स्पष्ट पारेको छ ।



त्यसो त हस्तमैथुनका बारेमा मानिसहरुमा विभिन्न किसिमका भ्रमहरु पनि छन् । एक खाले मानिसले हस्तमैथुनले शारीरिक कमजोरी आउछ र व्यक्तिको यौन क्षमतामा असर गर्छ समेत भन्दै आएका छन् तर पछिल्लो अनुसन्धानले भन हस्तमैथुन गर्दा हुने फाइदाका बारेमा केही कुरा प्रकाशमा ल्याएको छ के फाइदा हुँदो रहेछ त ? हेरौँ


- हस्तमैथुन चाहे पुरुषले गरुन चाहे महिलाले यसले आनन्द मात्रै दिन्छ । मानसिक तनाव निक्कै कम भएर जान्छ ।

- मानसिक मात्रै होइन हस्तमैथुनले शरीरका मांशपेशीलाई समेत सकारात्मक प्रभाव पार्छ । छिटो निन्द्रा लाग्छ ।

- मस्तिस्कमा तनाव बढाउने नसा हस्तमैथुनको बेलामा फुल्लिन्छ र ठूलो हुन्छ । यसले रगत सञ्चालनमा सहजता थप्छ र उच्चरक्तचापको समस्या कम हुन्छ ।

- महिलाहरुले हस्तमैथुन गर्दा महिनाबारिसम्वन्धी विकार पैदा हुँदैन् ।

- रक्तसञ्चारप्रकृयालाई सहज बनाउछ जसले प्रेसरको खतरा कम हुन्छ ।

- हस्तमैथुन गर्ने पुरुषमा प्रोष्टेट क्यान्सरका खतरा कम हुन्छ ।

- निन्द्रा नलाग्ने समस्याको प्राकृतिक उपचार नै हो भन्दा हुन्छ । अर्थात निन्द्रा लागि हाल्छ ।

- टाउको तथा शरीर दुख्ने समस्याबाट छुटकारा दिलाउछ ।

हस्तमैथुनले यौनजन्य विमारीबाट बचाउछ साथै अनिच्छुक गर्भ रहँन दिदैन ।

तर हस्तमैथुन साताको दुई देखि तीन पटकसम्म गर्नुराम्रो !


Friday, June 25, 2021

प्यारालाईसिस रोग को उपचार कसरी गर्ने?



 पक्षघात रोग


अहिलेको समयमा पक्षघात रोगको प्रकोप धेरैनै

बढेको पाइन्छ । के कारणले गर्दा प्यारालाईसिस

रोग लाग्यो भन्ने कुरा तत्कालै पत्ता लगाउन नसके

तापनि अस्पताल या आयुर्वेदिक ले आफ्नो आफ्नो

तरिकाबाट यसको व्याख्या गरेको पाइन्छ। जब

शरीरको दायाँ वा बायाँ भागको मांसपेशी या नशाको

कार्य सक्ती समाप्त भएर जान्छ तब प्यारलाइसिस

रोग देखा पर्दछ। आयुर्वेदिक भनाइअनुसार जब

मानिसमा बाथरोग बिग्रन्छ तब प्यारलाइसिस

रोग लाग्न थाल्दछ।


प्यारलाइसिस रोग लागेको कसरी थाहा पाउने?


  • आफ्नो शरीरको इच्छा चाहना अनुसारको

अङ्गलाई उठाउन नसक्नु।

  • आँखाले केही चिजलाई पनि धमिलो देख्नु।

  • एउटै बस्तुलाई दुईओटा देख्नु रिङ्गटा लाग्नु,

कमजोरी हुनु।

  • बोल्ने क्षमतामा पनि कमी आउनु बोल्दाखेरि

पनि बुझ्न नसकिने गरी बोली लर्खराउनु।

  • अनुहार बिकृत हुनु मुख टेढो हुनु।

  • गर्धन टेढो देखिनु।


के कारणबाट प्यारलाइसिस रोग लाग्दछ?


  • धेरै ब्लडप्रेसर बढ्नु।

  • कुनै चोटपटक लागेर मस्तिष्कमा चोट पुर्याएर

मस्तिष्कमा रगत जम्मा हुन गएमा।

  • अत्याधिक मात्रामा व्यायाम गर्नाले।

  • तीव्र मस्तिष्कको कारणले।

  • मस्तिष्कमा अन्य रोग जस्तै मिर्गी माइग्रेन

हिस्टोरिया डाइबेटीज जस्ता रोग लाग्नाले।

  • धेरै मात्रामा मैथुन गर्नाले।

  • आकस्मिक घटनाको कारणले जस्तै अत्यन्तै

हर्षित भएको बेला।

  • स्नायु रोगको कारणबाट धेरै रक्सी खानु र राती

धेरै बेरसम्म अनिदो बस्नु।

  • धेरै चिसो वातावरणमा बस्दापनि प्यारलाइसिस

रोग लाग्न सक्दछ।



प्यारलाइसिस रोग लागेको मानिसले कस्तो

खानेकुरा खाने?


  • रोटी पुरानो चामलको भात, दाल, मास र मुंगको

दाल खानुपर्दछ।

  • फलफूलमा खानुपर्दा अंगुर, आँप, सरिफा, स्याउ,

नास्पाती, मेवा खानु पर्दछ।

  • तरकारी खाँदा परबल, लौका, घिरौंला, करेला, भेण्टा,

अदुवा, प्याज, बेथु, मेथी आदि खानु पर्दछ।

  • तातो तातो दुध, तेल, घिउ, मखन, सुकेको मेवा,

बदाम, छोकरा, जस्ता पौष्टिक खानेकुराहरु

खानुपर्दछ।

  • मखन सँग 5/6 वटा लसुनको केस्रा चपाएर

बिहानबेलुका खाने साथै 5/6 वटै लशुनको

केस्रालाई पिंधेर सँधै नै दूधसँग खाने।


प्यारलाइसिस लागेका मानिसहरुले कस्तो

खानेकुरा नखाने?


  • नयाँ चामलको भात बेसन चिनी नुन सखर

रहरको दाल खाँदै नखाने।

  • चिया कफी तमाखु जस्ता पदार्थको सेवन गर्दै

नगर्ने।

  • चिसो चिजहरू जस्तै आइसक्रिम, कुलरको पानी,

colddrinks, बरफ खाँदै नखाने।

  • बट्टामा राखेको अमिलो अचार नखाने।

  • आलु, भिन्डी, तरुल, फर्सी, केरा नखाने।


प्यारालाईसिस रोग को उपचार कसरी गर्ने?


  • प्यारालाइसिस भएका बिरामीलाई सहारा दिएर

हिँडडुल तथा व्यायम गराउने।

  • फिजियोथेरापीको सल्लाह अनुसार नै नियमित

रुपमा व्यायाम गराउने।

  • हातखुट्टा धुनको लागि तातो पानीको व्यवस्था गर्ने।

  • 500 मिलिलिटर तोरीको तेलमा 200 ग्राम पिसेको

लसुन मिलाएर राम्रोसँग उमाल्ने र चिसो भएपछि

छान्ने अनि यो तेलले प्यारालाइसिस भएको

अङ्गलाई मालिस गर्ने।

  • बिहान-बेलुका नाकाको प्वालमा अखरोट को तेल

लगाउने।

  • नुहाएपछि भुवादार तौलियाले शरीरलाई रगड्ने अनि

तातो लुगा लगाइदिने

चिसो पानीका साथै चिसो हावामा पनि नबस्ने।

  • रुवा खोकी लाग्न नदिने।

  • मनमा चिन्ता पर्ने खालको सोच कहिल्यै नसोच्ने।

  • दिसा पिसाब अपानवायुको वेगलाई रोक्ने प्रयास नगर्ने।

  • धेरै मात्रामा रक्सीको सेवन नगर्ने।

  • रातको समयमा अनिदो नबस्ने साथै धेरै मैथुन

पनि नगर्ने।


Thursday, June 24, 2021

महिनावारी पछि कुन दिनको सेक्स सबैभन्दा सुरक्षित ?हेर्नुस्


 महिनावारी हुनु अघि र भएपछिका केही निश्चित दिनमा यौन सम्पर्क गर्नाले गर्भ रहँदैन भन्ने पुरानो मान्यता छ । जसलाई अहिलेका आधुनिक अनुसन्धानले समेत पुष्टि गरेको छ । त्यसैले विज्ञहरुले परिवार नियोजनको एउटा विकल्प अर्थात ‘सेफ सेक्स पिरियड’ भनेर मानेका पनि छन् ।

आज हामीले त्यहि कुरामा चर्चा गर्दैछौँ, कुन दिनको सेक्स सुरक्षीत हुन्छ ?


१. महिनावारी भएको पहिलो सात दिन  : महिनावारी भएको पहिलो सात दिन सुरक्षीत पिरियड हो तर यो बेला महिला शारीरिक र मानसिक रुपले पनि यौनसम्पर्क गर्नु राम्रो मानिदैन् । त्यसैले यो बेलामा यौनसम्पर्क नगरेको राम्रो ।


२. महिनावारी पछि आठौँ, नवौँ र दशौँ दिन  : यी दिनमा साधनविना गरिने सेक्स तुलनात्मक रुपमा सुरक्षित मानिन्छ  । नुसन्धानकर्ताहरुले यी दिनमा गरिने यौनसम्पर्कका बेला गर्भरहने सम्भावना कम अर्थात ४० देखि ६० प्रतिशत मात्रै रहने बताउने गरेका छन् ।


३. महिनावारी भएको ११ देखि १६ दिन :  साधनविना गरिने यो बेलाको यौनसम्पर्कले गर्भरहने सम्भावना अत्यधिक हुन्छ । विज्ञहरुले डिम्व बाहिर आएर बस्ने भएकोले यो बेलामा हुने साधनबिनाको यौनसम्पर्कले गर्भरहने सम्भावना ८० प्रतिशत सम्म रहने बताउछन् ।


४.  १७ देखि १९ दिन  : साधनविना गरिने यौनसम्पर्कमा गर्भरहने सम्भावना कम त रहन्छ तर ढुक्कै चाहि हुँदैन । विज्ञहरुले यसबेला पनि गर्भरहने सम्भावना ४० देखि ६० प्रतिशत रहने बताउछन् ।


५ . २० देखी महिनावारी नहुँदासम्मको दिन :  यसबेला साधनविना गरिने यौनसम्पर्कले अरु बेलाको तुलनामा सबैभन्दा सुरक्षित मानिन्छ । अर्थात विज्ञहरुले यतिवेला साधनविना गरिने यौनसम्पर्कले गर्भरहने सम्भावना सून्य देखि ५ प्रतिशत मात्रै रहन्छ ।


नोट : विभिन्न अनुसन्धानले सुरक्षित र असुरक्षित समय र दिन तोके पनि सबैमा यो लागू हुन्छ भन्ने छैन् । सून्य देखि ५ प्रतिशत सम्भावना जहिले पनि रहन्छ । त्यसैले परिवार नियोजनको भरपर्दो साधन अपनाउनु सबैभन्दा भरपर्दो हुन्छ । अर्कोकुरा सेफ सेक्स भनेको गर्भ नरहने समयलाई संकेत गरिएको हो । यसले एचआइभी एड्स तथा अन्य यौनरोगको सम्भावनालाई रोक्न सक्दैन् ।


कपाल स्त्रैत (Straight) बनाउन अपनाउनुहोस् यी घरेलु उपाय

  कागती, दुई चम्चा तोरीको तेल र एक कप नरिवलको तेल मिलाएर बिस्तारै हातले कपालमा लगाउनुहोस् । यसले कपाललाई सिधा गर्न मद्दत गर्छ । यो मिश्रणलाई...