Saturday, May 29, 2021

पखाला भनेको के हो?

पखाला 



पखाला लाग्यो भनेको हामीले सुनेका

र आँफैले पनि भोगेकोले यो रोगमा

दिनभरी दिसा लाग्छ, दिसाबाट पातलो

पानी जस्तो तरल पदार्थ बग्दछ । यसले

मानिसलाई सार्है दु:ख र हैरानी बनाउँदछ ।


पखाला रोग लागेको कसरी थाहा पाउने?


  • पखाला लाग्नु भन्दा पहिला विस्तारै

पेट दुख्नु ।


  • कहिले थोरै गाढा त कहिले पातलो पानी

जस्तो दिसा आउनु ।


  • दिसा आउँदा पातलो भै पानी जस्तो

पिचिरिक्क आउनु ।


  • पेट दुखे जस्तो हुनु ।


  • जिब्रोमा सुख्खापन देखिनु ।


  • पानीको प्यास लाग्नु।


  • हिड्न गाह्रो भै जँहा पायो त्यहि बसौ

जस्तो हुनु ।


पखाला लाग्नुको कारण


  • मौसमको परिवर्तनको कारणले, कहिले

तातो र कहिले चिसो हुनाले ।


  • सडेगलेको बासी ढुसी परेको खानेकुरा खानाले ।


  • आफ्नो पाचन शक्तिले पचाउन नसक्ने

खानेकुरा खाएमा ।


  • पचाउन नसक्ने खानेकुरा तेलमा तारेको

भुटेको, भटमास, चिल्लो खानेकुरा, धेरै

नुनिलो, धेरै पिरो, र मसला धेरै भएको

खानेकुराले गर्दा ।


  • खाना खाँदा धेरै खानु पहिला खाएको

खानेकुरा नपच्दै खाना खानु ।


  • दुषित पानीको प्रयोगले पेटमा जुका परेको

कारणले ।


  • मुख्य कारण साबुन पानीले हात

नधोईकन खाना खानाले ।


पखाला लाग्दा के खाने ?


  • जीवनजल पानी सकेसम्म धेरै पिउने ।


  • खाना खाँदा भात दहि, अथवा नरम

खालको जाउलो खानुपर्छ ।


  • झोलिलो पदार्थ जस्तै चामलको चौलानी,

मुसुरोको दाल अथवा कुनै गेडागुडीको

रस बनाएर पिउनुपर्दछ ।


  • लौकाको तरकारी अथवा दहि फिटेर खाना ।


  • जुसमा कागती, अनार, मौसम, सुन्तलाको

रस खाने ।


  • जीवनजल नभएको खण्डमा एक चम्चा

चिनी र एक चिम्टी नुन मिसाएर

पानी बनाई पिउने ।


  • काँक्रो अथवा पाकेको मेवा,उखुको रस,

गुलियो स्याउदाना खानुपर्दछ ।


  • अहिले बजारमा सर्वत्र पाईने बेलको

सर्वत बनाएर खाँदा पनि हुन्छ ।


 


पखाला लाग्दा के नखाने?


  • पेयपदार्थको रक्सी, चिया,कफी र दुध

नपिउने ।


  • फ्रिजमा राखेको खानेकुरा बाहिर निकालेर

तुरुन्तै नखाने ।


  • अचारमा अमिलो, आलु, भन्टा, कोभी नखाने ।


  • झिंगा बसेको खुल्ला नाछोपिकन राखेको

धुलो मैले परेको खानेकुरा नखाने ।


पखाला कसरी रोकथाम गर्ने?


  • पिउने पानी उमालेर सेलाए पछी

मात्रै पिउने ।

  •  पेटलाई तातो कपडाले छोपेर राख्ने ।

  •  खाना खानुभन्दा पहिला हातलाई राम्रो संग धुने ।


  •  हातमा बढिरहेको नङहरु राम्रो संग

काटेर सफा राख्ने ।


  •  घरेलु औषधीको रुपमा प्याजलाई पिंधेर

नाईटो नेर लेप बनाएर लगाउने ।


  •  दिसा पिसाब रोकेर नराख्ने ।


  •  दिनमा सुतिरहने र रातमा नसुत्ने बानीलाई हटाउने ।


 

No comments:

Post a Comment

कपाल स्त्रैत (Straight) बनाउन अपनाउनुहोस् यी घरेलु उपाय

  कागती, दुई चम्चा तोरीको तेल र एक कप नरिवलको तेल मिलाएर बिस्तारै हातले कपालमा लगाउनुहोस् । यसले कपाललाई सिधा गर्न मद्दत गर्छ । यो मिश्रणलाई...