खोकी
खोकी प्राय:गरेर बच्चा र बुढा सबैलाई लाग्ने
सामान्य रोग जस्तै हो । तर सामान्य रोगको
पनि हामीलाई औषधी उपचार आउँदैन, त्यसको
उपचार कसरी गर्ने तपाइले यँहा पढ्न सक्नुहुनेछ ।
खोकी आफैमा कुनै रोग होइन । यो कुनै रोगको
लक्षण हो । सर्दी, निमोनिया, दम, चिसो, टि.बी
अनि फोक्सोको बिरामी भएमा खोकी लाग्दछ ।
खोकी लागेको बेलामा कस्तो खाना खाने?
खानाको सकेसम्म मात्रा घटाउने ।
दिनमा २/३ लिटर जति मनतातो पानी पिउने ।
अदुवा, दालचिनी, ल्वांग, मिश्री, सुकमेल चुसेर खाने ।
तिर्खा लाग्दा मन तातो पानी खाने, चिसो पानी
बिल्कुल नखाने ।
बाख्राको दुध, चिया, कफी, वा तातो पानीमा
ग्लुकोज मिसाएर पिउने ।
फलफूलमा खकार सजिलै बाहिर ल्याउने जस्तैः
सुन्तला, मौसम, मेवा र खरबुजा जस्ता फलफुल खाने ।
खोकी लाग्दा अपनाउनु पर्ने सावधानीहरु
धुम्रपान गर्ने बानी छ भने यसलाई छोडी हाल्नुपर्दछ ।
गर्मि ठाउँ बाट जाडो र जाडो ठाउँ बाट गर्मीमा
एकै पटक प्रवेश नगर्ने ।
झ्याल ढोका बन्द गरेर हिटर चलाएर नसुत्ने ।
शरीरलाई चिसो पानीबाट भिज्न जोगाउने ।
नुहाउँदा प्राय: जसो तातोपानीले नुहाउने ।
पातलो कपडा लगाएर धेरै चिसो ठाउँमा नजाने ।
फ्रिजको चिसो पानी नखाने ।
चिसो खानेकुरा जस्तै बरफ आईसक्रिम आदि नखाने ।
धुलोमा जाँदा मुख र नाकलाई छोप्ने गरि माक्स लगाउने ।
No comments:
Post a Comment