Sunday, May 30, 2021

अल्सर भनेको के हो?




अल्सर


प्राय: गरेर अहिलेका मानिसमा ग्याष्ट्रिक बढ्दो छ ।

समयमा खाना नखानाले, खाना खाएमा पनि

चिल्लोले गर्दा ग्याष्ट्रिक बढ्दै जान्छ । यसरी

आमाशयको खाना नलीमा जोडिएको सानो

आन्द्राको मुखमा घाउ बन्न सक्दछ । आन्द्रामा प्वाल

पर्यो भने अल्सर रोग लाग्दछ । यो अलि बढि नै

खतरा रोग हो । मानिसहरुको खानपानको

लापरबाहीले गर्दा यो रोग लाग्दछ । यो पाचन

प्रणाली संग जोडिएको हुन्छ ।


अल्सर रोग हो अथवा होईन कसरी थाहा पाउने?


  • अल्सर रोग लाग्यो भने छाती वा पेटको माथि

पट्टिको भाग दुख्छ ।


  • खाली पेट अथवा खाना खाईसके पछी पनि

दुखिरहन्छ ।


  • उल्टी आउला की जस्तो हुन्छ, उल्टी आयो भने

 आराम भएको महसुस हुन्छ ।


  • उल्टी गर्दा रगत पनि मिसिएर आउन सक्छ ।


अल्सर रोग लागेमा कस्तो खानेकुरा खाने?


  • चिसो दुध पटक पटक गरी दिनको ७/८

कप पिउने ।


  • एकैपटक धेरै खाना नखाने, थोरै थोरै गरेर

दिनमा ४/५ पटक खाने ।


  • खानामा दाल,दुध, बिस्कुट, रोष्ट भात,

मुंगको दाल, स्याउदाना, जाउलो खाने ।


  • फलफूलमा जस्तै अंगुर, पाकेको केरा, गाँजर खाने ।


  • प्रोटिनमा अण्डा, पनिर, दाल खानु राम्रो हुन्छ ।


अल्सर रोग लाग्दा कस्तो खानेकुरा नखाने ?


  • अत्याधिक तातो र चिसो खानेकुरा नखाने


  • पिरो, मसलाको मात्रा  धेरै, नुन चर्को

तरकारी, अमिलो दहि, अमिलो महि नखाने ।


  • पेयपदार्थमा रक्सि गाढा रंग हालेको चिया कफी नखाने ।


  • तेलमा तारेको अत्याधिक चिल्लो खानेकुरा नखाने ।


अल्सर रोग लागेको बेला के के नगर्ने?


  • धेरै बेर भोकै नबस्ने


  • धर्मको नाममा व्रत बसेर आत्मा नसुकाउने,

ब्रत लिन छोडिदिने ।


  • मानसिक चिन्ता तनाबहरु सबै छोडिदिने ।


  • राती अनिदो धेरै बेर सम्म नबस्ने ।


  • दुख्यो भनेर आफु खुसि औषधीको सेवन नगर्ने ।


  • कालो चियाको प्रयोग बिल्कुलै नगर्ने ।


  • दिउँसो सुत्ने बानी भए तुरुन्त हटाउने ।


अल्सर रोग लाग्दा आफैले अपनाउन सकिने

सुरक्षात्मक उपाय


  • शारीरिक तथा मानसिक रुपमा आराम गर्ने

बानी बसाउने ।


  • खाना खाँदा कुनै चिन्ता नलिई आराम संग खाने ।


  • तनाबमा नबस्ने, जतिखेर पनि रिसाए जस्तो

  • अनुहार नबनाउने, मुस्काउन कोसिस गर्ने, हाँसेर बस्ने ।


  • काम गर्दागर्दै पेट पोल्न थाल्यो भने २/४

 वटा विस्कुटका दाना खाने ।


  • स्वस्थ्यताको लागी आवश्यक व्यायाम गर्ने ।

No comments:

Post a Comment

कपाल स्त्रैत (Straight) बनाउन अपनाउनुहोस् यी घरेलु उपाय

  कागती, दुई चम्चा तोरीको तेल र एक कप नरिवलको तेल मिलाएर बिस्तारै हातले कपालमा लगाउनुहोस् । यसले कपाललाई सिधा गर्न मद्दत गर्छ । यो मिश्रणलाई...