दम रोग
दम रोग को लक्षण
दम रोग साधारण मान्यता पनि यो रोगले
मानिसलाई निकै कष्ट बनाएको हुन्छ । श्वास
लिने नलि नै संकुचित भएको हुन्छ। श्वासनलीको
प्वाल नै सानो बनाउने भएकाले दम रोग
सामान्य मान्यता पनि बिना नै अलि धेरै
कष्ट नै हुन्छ। यो रोग लागेका विरामीको
लक्षण निम्न किसिमका हुन्छन्।
यो रोग लागेका बिरामीको आवाजमा घ्यार
घ्यार हुन्छ।
बस्दा आराम जस्तो हुनु र सुत्दा झनै
गाह्रो हुनु।
घाँटीमा धेरै नै अवरोध भए जस्तो अप्ठ्यारो
बन्नु।
Cough गाढा र च्यापच्याप टाँसिने खालको
आउनु मुखबाट, कफ सजिलै बाहिर ननिस्कनु।
मौसम परिवर्तन भएसँगै जाडोबाट गर्मी अनी
गर्मीबाट जाडो मा परिवर्तन हुँदा अत्यन्तै
पीडा हुनु।
मुटुको धड्कन तेज सँग बढ्नु।
निधारमा पसिना आइरहनु।
हातखुट्टा चिसो भइरहनु।
दम रोग के कारण बाट हुनसक्दछ?
आफ्नो सन्तानमा कोहि अग्रज मानिसलाई
भएमा यो रोग सर्न सक्दछ।
भित्तामा गरिएको पेन्टको कारणले पनि दम
रोग बढ्न सक्छ।
चुनको कण, परागकण, जनावरको रौँ, , सुगन्धको
निम्ति प्रयोग गरिने अत्तर, hairspray, धुलो
धुवाँ लगायतको कारणले दम रोग बढ्दछ।
घरपालुवा जनावरको रौँ, बिडि चुरोट तमाखुको धुवाले।
खानेकुराको एलर्जीको कारणले।
मानसिक तनाव, चिसो खोकीको कारणले।
तेल घ्यूमा बनाएका अलि चिल्ला खानेकुरा,
अपच खालको भारी बनाउने खानेकुराको कारणले।
दम रोग लागेका बिरामीले कस्तो खानेकुरा
खाने?
खान खाँदा गहुँको रोटी जौको रोटी केक
बिस्कुट मुंगको दाल खाने।
तरकारीमा पालुङ्गो परबर, सलगम मेथी,
करेला, प्याज, धनियाँ, पुदिना, सजिउन,
अदुवा, लसुन, आलु आदि खाने।
फलफुलमा मेवा अनार स्याउ खजुर अंगुर खाने।
खानी खाना खाने वित्तिकै ओच्छ्यानमा नसुत्ने,
खाना खाएको दुई-तीन घण्टापछि मात्रै सुत्ने!
दमको रोगले कस्तो खानेकुरा नखाने?
बासी खाना भात दही दूध माछा अमिलो
पदार्थ नखाने।
रक्सी मासु कुखुराको मासु सखर चना
मिठाई नखाने।
चीसो बरफ अनि आइसक्रिम नखाने।
केरा खरभुजा कालोदाल बदाम नरिवल
सानो केराउ दूधबाट बनेका परिकारहरु
नखाने।
बिडी चुरोट पराग पानपराग गुट्खा भोला,
पुकार केही पनि नखाने।
पिरो मसला राखेको खानेकुरा तेलमा
घ्यूमा तारेको खाना पनि नखाने।
दम रोग को उपचार कसरी गर्ने?
एउटा लशुनको केस्रालाई पिसेर सर्स्यूको
तेलमा मिलाउने त्यसमा अलिकति नुन
राखेर हल्का तातो बनाउने अनि छाती
र ढाडमा मालिस गर्ने माथिबाट तातो
कपाली छोप्ने।
आफुलाई भएको एलर्जी पत्ता लगाएर
त्यसबाट सकेसम्म बच्ने।
सुन्निएको बेलामा खुट्टालाई तातो
पानीमा डुबाउने।
कोठाको घरको सरसफाइ गर्दा मुखमा
मास्क लगाउन नबिर्सने।
कुनै पनि चिन्ता नगर्ने सधैंभरि हाँसीखुसी
भई बाँच्न सिक्ने।
बिहान बिहान योग गर्ने जसले गर्दा श्वास
नली र फोक्सोमा जम्मा भएको कफ बाहिर
निस्कन सफल होस्।
खाना खानेबित्तिकै नसुत्ने।
दुखाइ कम गर्ने औषधि एस्प्रिन खाने।
धुम्रपान गर्ने बानी भएमा हटाउने।
वर्षाको पानी बाट भिज्न बाट जोगिने।।
आफूले सकिनसकी गरौं वस्तु नउठाउने
हतारहतार काम कैले नगर्ने सुस्तसुस्त काम गर्ने।
No comments:
Post a Comment