Monday, June 7, 2021

नियमित यौनसम्पर्क गर्ने व्यक्ति हेल्दी र तागतदार हुन्छ । विज्ञहरु भन्छन्,

  


धेरैलाई भ्रम छ कि नियमित यौनसम्पर्क गर्ने व्यक्ति शारीरिक रुपमा दुर्वल अर्थात कमजोर हुन्छ । खेलाडी तथा बडीविल्डरहरुले सेक्स नगरेरै शरीर गठिलो बनाएका हुन् । तर त्यस्तो होइन ।


विज्ञहरु भन्छन्, बरु नियमित सेक्स गर्ने व्यक्ति हेल्दी र तागतदार हुन्छ । किनभने मांसपेसी बन्नु र यौनइच्छा बढ्नु दुबै पुरुषको सेक्स हार्मोन टेस्टोस्टेरोनबाट निर्धारण हुने हो । शरीरमा टेस्टोस्टेरोनको उत्पादन जति बढी हुन्छ यौन चाहना पनि उति बढी हुन्छ । र जति यौनचाहना बढ्छ तपाईँको शरीरको मांसपेशी पनि उती राम्रो बन्छ ।


विज्ञहरुको अर्को धारणा शारीरिक सुसंगठन ट्रेनिङबाट टेस्टोस्टेरोनका उत्पादन बढछ । यदि कोही व्यक्ति यौन रुपमा संक्रिय छ भने पनि शरीरमा पहिले देखि नै टेस्टोस्टेरोनका मात्रा प्रयाप्त हुन्छ । त्यसकारण शारीरिक सुसगठन र सेक्स दुबैले तपाईँको शरीरको मांसपेशी झन मजबुत बनाउँछ ।


विज्ञहरुले यो विषयको अनुसन्धान समेत गरेका थिए । अमेरिकास्थित एफएसएन स्पोर्ट साईन्सद्धारा गरिएको सर्भेमा एक बक्सिङ च्याम्पियनलाई छनौट गरिएको थियो ।


सुरुमा उसलाई एक हप्तासम्म सेक्स नगर्न भनियो र उसको फिटनेश प्रदर्शन जाँच गरियो । उसको टेस्टोस्टेरोनको स्तर, खुट्टाको तागत र पन्च पावरको रेकर्ड गरियो । त्यसपछि उसलाई पुन एक हप्तासम्म सेक्स गर्न भनियो र पुर्न उसको परीक्षण गरियो ।


नतिजा यस्तो आयो कि सेक्स नगरेको बेलाको प्रदर्शन भन्दा सेक्स गरेको बेलाको प्रदर्शन उत्कृष्ठ देखियो । खुट्टाको तागत र पंच पावरमा सेक्स नगर्दा भन्दा गरेपछि राम्रो देखियो । टेस्टोस्टेरोनको स्तर पहिले भन्दा २० प्रतिशतले बढ्यो ।


त्यसैले विशेषज्ञको भन्छन्, शारीरिक अभ्यास अघि सेक्स गर्ने व्यक्तिले नगर्नेले भन्दा राम्रो प्रदर्शन गर्न सक्छ । अर्थात सेक्स गर्दैमा यसको तागतमा कुनै नकारात्मक प्रभाव पर्दैन ।


No comments:

Post a Comment

कपाल स्त्रैत (Straight) बनाउन अपनाउनुहोस् यी घरेलु उपाय

  कागती, दुई चम्चा तोरीको तेल र एक कप नरिवलको तेल मिलाएर बिस्तारै हातले कपालमा लगाउनुहोस् । यसले कपाललाई सिधा गर्न मद्दत गर्छ । यो मिश्रणलाई...