Friday, June 11, 2021

गर्भवती अवस्था






गर्भवती अवस्था


गर्भवती भएको कसरी थाहा पाउने?


  • जिउ भारी हुनु, उल्टी आउनु ।

  • मुखभरी पानी भरिएर आउनु ।

  • ढाड र कम्मरमा दुखाईको मात्रा बढ्नु ।

  • छाती पोल्नु, टाउको भारी भएर चक्कर लाग्नु ।

  • खुट्टा हल्का रुपमा फुल्नु ।

  • पिसाब थोरै थोरै लाग्नु, पिसाब पोल्नु ।

  • कब्जियत पखाला लाग्नु ।

  • दुखाईको कारणले निन्द्रा नलाग्नु ।

  • मुटुको धड्कन बढिरहने ।


गर्भवती भएको बेला कस्तो खानेकुरा नखाने?


  • रक्सी, अचार, चिया र कफी नखाने ।

  • बदाम पनि एकै पटकमा धेरै नखाने ।

  • दालको प्रकार सबै खालको नखाने ।

  • बासी, तारेको, तेलको मात्रा बढि भएको खानेकुरा

नखाने ।

  • धेरै दिनको बासी, ढुसी लागेको खानेकुरा नखाने ।


गर्भवती भएको बेला कस्तो खानेकुरा खाने?


  • गर्भावस्था भरी दुध र मह मिलाएर सधै पिउने ।

भात, गहुँको रोटी, घ्यु, पनिर्, दहि मिलाई नियमित

रुपमा खाने ।

  • फलफूलमा मौसम, नरिवल, सुन्तला, स्याउ, आँप,

केरा, अनार, अंगुर, खजुर, किसमिस, काजु, गाँजर,

सलादमा पालुंगो, मुला, तरकारीमा टमाटर, प्याज,

कोभी, र आलु खाने ।

  • अरु दाल भन्दा मुंगको बोझा सहितको दाल राम्रो हुन्छ ।

  • भटमास, अण्डा, माछा, मासु खाने गर्नुपर्दछ ।

  • पौष्टिक आहारा जस्तै मेवा, गाजर, मुला जस्तो

फलफुल खानेकुरा खानुपर्दछ ।


गर्भवती भएका युवतीले के-के नगर्ने?


  • दिनमा धेरै नसुत्ने र राती धेरै बेर नबस्ने ।

  • कुद्ने, नाच्ने वा धेरै परिश्रम पर्ने काम नगर्ने ।

  • पेट कम्मर छातीमा दबाब पर्ने खालको लुगा नलगाउने ।

  • कुनै गाह्रो चिजलाई बल लगाएर नउठाउने ।

  • साईकल चलाउने, घोडा चड्ने आदि नगर्ने ।


गर्भवती युवतीले गर्नुपर्ने कुराहरु


  • नियमित रुपमा नुहाउने ।

  • शारीरिक स्वाथ्यको सदैव ख्याल राख्ने ।

  • हल्का फूलका व्यायामको लागी बिहान मार्निंग वाक गर्ने ।

  • लुज खालको आरामदायी कपडा लगाउने ।

  • पर्याप्त मात्रामा पानी पिउने ।

  • घरको दैनिक काम गरिरहने ।

 


No comments:

Post a Comment

कपाल स्त्रैत (Straight) बनाउन अपनाउनुहोस् यी घरेलु उपाय

  कागती, दुई चम्चा तोरीको तेल र एक कप नरिवलको तेल मिलाएर बिस्तारै हातले कपालमा लगाउनुहोस् । यसले कपाललाई सिधा गर्न मद्दत गर्छ । यो मिश्रणलाई...