स्मरण शक्ति बढाउने उपाय
स्मरण शक्ति भनेको मानिसले सम्झने शक्ति हो।
आफूले देखेका, भोगेका, पढेका सबै कुराहरु सम्झनामा
हुन्छ। त्यसैले स्मरणशक्ति बढाउनुपर्दछ। स्मरणशक्ति
बढाउने केही उपाय हरु लाई यहाँ निम्नअनुसार
दिइएको छ।
सधैभरी बिहान-बेलुका खुल्ला हावामा घुम्न
जानु पर्दछ।
मन लाग्ने व्यायाम सधैभरी गरी राख्नुपर्दछ।
भरपुर सुत्ने, धेरै समयसम्म सुत्नु पर्दछ।
याद गर्ने विषयको सुत्र बनाएर संक्षिप्त पढ्ने।
काममा एकहोरो पनलाई हटाउने।
खुसी रहने नाचगान पनि गर्ने।
स्मरण शक्ति बढाउने खानेकुराहरु।
पात भएको तरकारी, सलाद, अण्डा, लसुन,
माछा, दूध, दही, दाल, बन्दाकोभी, फुलकोपी,
सखर, तिल,पालुंगोको साग खानु पर्दछ।
फलफुलमा जामुन, स्ट्रबेरी, नरिवल, लिची,
स्याउ, सुन्तला, टमाटर, गाँजर खाने।
राति भिजाएको ६ ओटा बदाम, मिश्रीसँग पिसेर
बराबर मात्रामा मखन मिलाउने अनि सधैँ
बिहान बिहान खाने।
सधैभरी बिहान 1/1 कप दूध पिउने।
बिहान-बेलुका खानामा अमला खाने।
खाना खाइसकेपछि सख्खर र तिलबाट बनेको
लड्डु चपाईरहने।
मक्खन मिश्री र 5 वटा मरिच मिलाएर बिहान
बेलुका खाने।
पिस्ता काजू गहुँको बोटको रस खाने।
यस्ता आनीबानी तथा खानेकुराले स्मरणशक्ति
घट्दै जान्छ।
नशा लाग्ने पदार्थ
धेरैमात्रामा मुसुरो र मासको दाल।
एकैपटकमा धेरै खानेकुरा खानु।
अत्याधिक मात्रामा मैथुन गर्नु।
रातको समयमा धेरै बेरसम्म अनिदो बस्नु।
अनावश्यक दूषित विचार अथवा घटनालाई
सधैंभरी याद न राख्ने। यस्ता कुराहरुलाई
समयमा नै भुल्ने।
No comments:
Post a Comment