जन्डिस रोग
जन्डिस रोगलाई गाउँघरतिर पहिले वा पहेलो रोग
लागेको पनि भनिन्छ। जन्दिस रोग लागेपछी
मानिसको शरीर प्राय गरेर पहेलो नै देखिन्छ।
यसैले गर्दा जण्डिसलाई पहिलो रोग भनिएको
पाइन्छ। हाम्रो शरीरको रगतमा जब बिलिरुबिन
पदार्थको मात्रा ०.८ mg प्रति 100 ml भन्दा धेरै
हुन्छ तब यो जन्डिसरोग देखिन थाल्छ। जन्डिस
रोग कलेजोको खराबी को कारणबाट हुन जान्छ।
मुख्यतया जन्डिसः रोगलाई मुख बार्नु पर्दछ। जण्डिस
रोगले मानिसको ज्यान पनि लिन सक्दछ।
जन्डिस रोग लागेको थाहा पाउने तरिका।
धेरै दिनसम्म ज्वरो आउनु।
थकान लागेजस्तो हुनु भोक नलाग्नु।
घ्यू-तेल मा बनाएका परेका खान मन नलाग्नु
चिटचिट पसिना आउनु बिरामीलाई दिक्दारीको
महसुस हुनु।
निन्द्रा ठीक-ठीक समयमा नलाग्नु पेट दुख्नु।
आँखा, नङ, छाला एवं पिसाबको रङ पहेँलो हुनु।
जन्डिस रोग लाग्नुको कारण।
अनेक प्रकारका संक्रमण जीवाणु भएका पानी
अथवा खानेकुरा खानाले।
पाचन क्रियामा गडबडी भएमा।
पौष्टिक आहारको कमी भएमा।
धेरै पिरो मसलाको मात्रा धेरै भएको खानेकुरा
खानाले।
अत्याधिक मात्रामा रक्सी सेवन गर्नाले।
संक्रमित व्यक्तिलाई लगाएको सुईले निरोगी
व्यक्तिलाई लगाउनाले।
अशुद्ध पानी पिउनाले चर्पी गैसकेपछि हात
साबुनपानीले नधुनाले।
जन्डिस भएका मानिसले खान हुने खानेकुरा।
जन्डिस रोग सामान्य देखिएता पनि यो रोग निकै
जटिल छ। प्रत्यक्ष रुपमा कलेजलाई असर पार्ने
भएकोले खानपानमा असाध्यै ध्यान दिनुपर्दछ।
के हुन्छ र यस्तो जाबो रोग लागेर भनेर हेला गरेमा
यो रोगले ज्यानै लिन पनि सक्छ। यो रोग लाग्दा
मुख्य काम भनेको मुख बार्नु पर्दछ अनिमात्र
जन्डिस रोगबाट बच्न सकिन्छ।
भात जाउलो जौ गहुँको सुख्खा रोटी खाने।
साबुदानाको खिर खाने मुङको मुसुरोको रहरको
दाल खाने।
काँचो नरिवलको पानी मूलाको पातको रस क्रिम
निकालेको दुध मह अनि अदुवाको रस खाने।
ज्वरो आएको बेलामा गुलियो फलफूलको रसमा
gulcose मिलाएर खाने।
हरियो तरकारीमा काँचो मुला लौका करेला प्याज
पुदिना फुलकोपी पालुङ्गो धनिया मेथी परबल
गाँजर बन्दकोपी खाने।
फलफुलमा मेवा अमला खजुर अंगुर अनार मौसम
स्याउ टमाटर सुन्तला कागतीको रस खाने।
सधै नै उमालेर सफा बनाएको पानी मात्र पिउने।
बिहान एक गिलास मनतातो पानीमा कागती निचोरेर
पिउने।
जन्डिस रोग लागेका मानिसले कस्तो खानेकुरा
नखाने?
बासी खाना अनि अशुद्ध पानी नखाने।
चिया कफी खैनी सुर्ती पराग गुटखा नखाने।
हिङ, सख्खर,चना, मासको दाल चिनी नखाने।
रक्सी बिर्सेर पनि कहिले नछुने।
जन्डिस भएको अवस्थामा यौनसम्पर्क कहिल्यै
नगर्ने।
माछामासु नखाने मैदा र बेसन बाट तेल घ्यूमा
बनेका खानेकुरा पनि नखाने।
धेरै नुनिलो र अमिलो भएको खानेकुरा नखाने।
जन्डिस रोग लाई ठिक बनाउने उपायहरु।
जहिलेसम्म रोग पूर्ण रुपमा निको हुँदैन
तबसम्म बिरामीले आराम गर्ने।
शौचालयबाट आएपछि र खाना खानुअघि
राम्रोसँग साबुन पानीले हात धुने।
बिरामीको सामान कपडा उमालेको पानीले
सफा गर्ने।
व्यायाम गर्ने विहानको चिसो मौसममा मर्निङवाक
गर्ने।
बजारको ठेलामा बेच्न राखेको चिजबिज नखाने।
तरकारी अनि फलफुल नभइकन नखाने।
बिरामीलाई कब्जियत हुन नदिने।
रोगीको कपडा अनि भाँडाकुँडा निरोगी मानिसले
नछुने
परिश्रम पर्ने खालको कडा मेहनत काम नगर्ने।
No comments:
Post a Comment