ब्लडप्रेसर लो
ब्लडप्रेसर लो भयो भने कसरी थाहा पाउने?
आलस्य लाग्नु, मस्तिष्कमा केहि भए
जस्तो हुनु, रिंगटा लाग्नु ।
आँखाको अगाडी तिर अँध्यारो छाउनु ।
कमजोरी, थकाई, चिडचिडापन छाउनु ।
हातखुट्टा चिसो हुनु, बिर्सने बानी हुनु ।
हातखुट्टा झमझाउनु, उकालो बाटो चड्दा
मुटुको गति बढ्नु ।
टाउको दुख्नु, जिउ दुख्नु, मुर्छा पर्नु ।
थोरै-थोरै काम गर्दा पनि स्याँ-स्याँ हुनु ।
चिसोको मात्रा र गर्मि मात्रालाई सहन नसक्नु ।
ब्लड प्रेसर लो हुने कारण
मानसिक तनाब, आघात, भय, शोक र
नकारात्मक सोचाईले ।
व्रत बस्नु, धेरै बेर सम्म नसुत्नु, धेरै
कमजोरी हुनु ।
धेरै मात्रामा शरीर बाट रगत बग्नु ।
आवश्यक पौष्टिक आहाराको कमि हुनु ।
शरीरमा पानको मात्राको साथसाथै रगतको
मात्रा पनि कम हुनु ।
शरीरका विभिन्न ग्रन्थी, एड्रिलिन, पिट्युटरी
र थाईराईडले आवश्यक हर्मोन उत्पादन गर्नु ।
रक्सी, चुरोट खाने बानीले ।
हैजा, पखाला,क्षयरोग, ज्वरो आउनाले पनि
बलाद प्रेसर लो हुन्छ ।
ब्लडप्रेसर लो भयो भने कस्तो खाना खाने?
प्रेसर लो भएकाले पौष्टिक आहार नै खानुपर्दछ ।
अण्डा, दुध, बदाम, काजु, पिस्ता, छोह डा, मासु,
कलेजोको घ्यु, तिलको तेल धेरै मात्रामा खाने ।
खाना खाँदा खानामा नुन, लसुन, चिनी, भटमास
खाने ।
फलफुल अनि जुस सकेसम्म खाने ।
तातो चिया कफी खाने ।
ब्लडप्रेसर लो लाई कसरी ठिक पार्ने?
आफ्नो विस्तारामा सुतेर शारीरिक र मानसिक
विश्राम गर्ने ।
कब्जियत हुन नदिने ।
रातभरी जाग्राम बस्ने, नसुत्ने बानीलाई हटाउने ।
मानसिक तनाब बाट बच्ने ।
बिहानको समयमा मार्निंग वाक गर्ने बाने
बसाल्ने ।
सधै भरी शान्त र प्रशन्न मुद्रामा बस्ने ।
मानसिक टेन्सनलाई आफैले सहानभुतीपुर्वक
हटाउने ।
धेरै बेरसम्म उभिएर नबस्ने ।
अलि सम्भोगको चाहना नराख्ने । आवश्यक
भन्दा पनि बढि व्यायाम नगर्ने ।
तातो पानीले नुहाउने ।
No comments:
Post a Comment