Monday, May 31, 2021

यी हुन् आपतकालीन उपचारमा प्रयोग हुने 11 जडिबुटी।

 हामी जुनसुकै बेला दुर्घटनामा पर्न सक्छौं। तर कतिपय अवस्थामा तत्कालै चिकित्सकहाँ जान असम्भव पनि हुन सक्छ। त्यस्तो अवस्थामा हाम्रोवरिपरि पाइने जडिबुटिबाटै उपचार गर्न सकिन्छ। सामान्य चोटदेखि शरीर पोलेका समस्या घरमा नै उपचार गर्न सकिन्छ। स्वास्थ्यमा आपतकालिन समस्या परेका बेला उपचारमा प्रयोग हुने घरेलु जडीबुटी :


एलोभेरा (घिउकुमारी)



शरीरको छाला जलेमा वा पोलेमा घिउकुमारीअचुक औषधिको रुपमा प्रयोग गरिन्छ। पोलेको ठाउँमा यसको रस लगाउँदा चिसो र शितलता प्रदान गर्छ। गमला वा सानो प्लाष्टिकको बट्टामा नै घर वरिपरि रोप्न सकिने घिउकुमारीका अनगिन्ति फाइदा छन्।


बिटर एलो (तितो घिउकुमारी)



घिउकुमारीकै एक जात (तर ठूला आकारका पात) को यो जडिबुटि कब्जियत, एपेन्डिसाईटिस र पित्तासयको रोगको उपचारमा प्रयोग गरिन्छ। एलोलाई क्याप्सुलको रुपमा पनि किन्न पाइन्छ। यो क्याप्सुल नियमित सेवन गरेमा पाचन प्रणालीलाई सहयोग पुग्छ। शरीरमा भएका विषादि हटाउन दैनिक एक क्याप्सल एलो खान सकिन्छ  ।


अदुवा




दैनिक किचनमा प्रयोग हुने अदुवाले पाचनशक्ति वृद्धि गर्छ। यसले अनावश्यक ग्याँस फाल्न मद्दत गरी पेटलाई हल्का बनाउनुका साथै बान्ता आउने समस्याको समाधान गर्छ। हरेक राती एक कप अदुवा चिया खाँदा पाचन पक्रियालाई सहज बनाउछ। त्यस्तै मनतातो अदुवा पानी खाँदा बान्ता आउने समस्याको समाधान गर्छ।


लसुन



क्यान्सर रोगबाट बचाउने लसुनले रोग प्रतिरोध क्षमतालाई पनि बलियो बनाउछ। एन्टिभाइरस र एन्टिव्याक्टेरियलयुक्त लसुनले चिसो, ज्वरो र फ्लुबाट जोगाउँछ। लसुनको नियमति सेवनले आन्तरिक संक्रमणबाट बचाउँछ। त्यस्तै खेलाडीको पैताला र कानमा बाह्य संक्रमण भएमा लसुनको रस लगाउँदा तत्कालै उपचार हुन्छ। प्रतिदिन भोजनमा लसुनको प्रयोग गर्नाले पेटको अल्सर र क्यान्सरबाट जोगिन सकिन्छ। दैनिक लसुन सेवन गर्नाले ब्लडप्रेसरलाई नियन्त्रणमा राख्न सहयोग पुग्छ र यसबाट लामो समयसम्म शरीरको इम्युन सिस्टम पनि बलियो रहन्छ।


बेसार



बेसार आफैमा एन्टिसेप्टिक र एन्टि व्याक्टेरियाजन्य तत्व हो। त्यही भएर काटेको ठाउँमा, जलेको स्थान वा अन्य घाउमा यसको प्रयोग गरिन्छ। सामान्य चोटपछिको घाउमा बेसार दल्ने संस्कार प्रचलित छ। चिसो लागेको छ ? सुत्नु अगाडि तातो दुधमा केही चिम्टि बेसार राखेर पिउनुहोस्। एक रातमै तपाईको चिसो भाग्छ। बेसारले प्राकृतिक पेन किलर (दुखाई कम गर्ने औषधि)को काम गर्छ। छालासम्बन्धि निश्चित रोगको उपचारमा पनि बेसारको प्रयोग हुन्छ। बेसारले मुटु रोग र क्यान्सरबाट बचाउँछ। बेसारले डिप्रेसन रोगको औषधीको काम गर्छ। नियमित बेसारको धुलो अनुहारमा लगाउँदा अनुहारमा चमक ल्याउनुका साथै चाउरीनबाट बचाउँछ।


प्याज



प्याजमा क्युरसेटिन नामको रसायन हुन्छ जसले ग्याष्ट्रिकबाट पनि बचाउछ। प्याजले विभिन्न संक्रमण र रोगहरुबाट बचाउँछ। प्याजमा विभिन्न पोषणतत्व हुन्छ जसले हामीलाई अन्य रोग लाग्नबाट पनि जोगाउँछ। लन्चको समयमा प्याजलाई सलादको रुपमा पनि प्रयोग गर्न सकिन्छ। पाचनमा समस्या भएकाहरुले दिनमा एउटा काँचो प्याज चबाएमा पाचन समस्याको समाधान हुन्छ। जलेको छालामा प्याज दल्दा छालालाई आराम दिन्छ। नियमित काँचो प्याज खाँदा छालामा चमक आउँछ। नियमति प्याज खाएमा मुटुमा समस्या ल्याउने खराब कोलेस्ट्रोललाई हटाउन सकिन्छ। प्याजलाई पानीमा भिजाएर केही मिनेट राखेर खाँदा शरीरलाई शितल प्रदान गर्छ। त्यस्तै प्याजलाई ज्वरो आउदा पनि प्रयोग गर्न सकिन्छ।  हनहनी ज्वरो आउदा प्याजको टुक्रालाई निधारमा राखेमा ज्वरो घट्छ। प्याजलाई हल्का पानीमा डुबाएर निधार, पैताला र हातखुट्टामा दल्दा बिरामीलाई हल्का महशुस हुन्छ। गर्मीमा नाथ्रो फुटेर नाकबाट रगत आएको छ भने प्याजलाई दुई तीन टुक्रा बनाउनुहोस र बेस्सरी नस लिनुहोस वा सुघ्नुहोस नाकबाट रगत आउन छाड्छ।


हींग


हींगले पाचनक्रिया मजबुत बनाउछ। श्वासप्रश्वाससम्बन्धी रोगबाट बचाउछ। रोघाखोकी लाग्नबाट बचाउछ। तातो पानीमा राखेर हिंग खाँदा ब्रोन्काइटिसमा राहत मिल्छ। पेट दुख्दा तातो पानीसंग हींग खाँदा दुखाई कम हुन्छ। दाँत दुखेमा हींग खाँदा राहत मिल्छ।  दुखाई भएको ठाउमा हींगको लेप लगाउदा दुखाई कम हुन्छ। रोग प्रतिरोधात्मक क्षमता बढाउछ। दाद, लुतो भएको ठाउमा  हिंगको लेप लगाउदा औषधिको काम गर्छ। कब्जियत भएमा तातो पानी र हिंग खाँदा फाइदा हुन्छ।


जाइफल

जाइफल घोटेर दूधमा मिसाई पिउनाले निद्रा लाग्दछ तर, यो बढी मिसाएमा बढी नशाकारक एवम् हानिकारक हुन सक्दछ।  जीउ दुखेमा, हातगोडा गलेमा जाइफललाई पानी वा दूधमा पकाइ पिउने गर्दा त्यो समस्या केही क्षणमै सुधार हुन्छ। त्यसैगरी तोरीको तेलमा जाइफल थिचेर फुराउने र त्यसलाई जीउमा दल्दा जीउ दुखाइमा आराम पाइन्छ। जाइफल र तीतेपातीको पातलाई तोरीको तेलमा पानी दोब्बर राखी उमाल्ने र कम आँचमा पकाई पानी सुकाउने। उक्त तेललाई जोर्नी दुखेको ठाउँमा राखी कपडाले बेर्ने गर्दा दुखाई सञ्चो हुन्छ।  एक लिटर दूधमा थोरै जाइफल राखेर पकाउने र पिउने बेलामा १ चम्चा मह र सानो टुक्रा शिलाजित मिसाइ पिउने गर्दा नपुंसकता एवम् शीघ्रपतन सम्बन्धी यौन समस्या ठीक हुन्छ। तर, यसको केही महिनासम्म प्रयोग गर्नुपर्छ।


मुटु कमजोर भएका ब्यक्तिलाई महमा मिसाई नित्य केही मात्रामा सेवन गर्दा फइदा हुन्छ। डरलाग्ने, मुटु बढी ढुकढुक हुने, झस्किने लक्षणहरु उत्पन्न भएमा दूध र शिलाजितका साथमा थोरै जाइफल मिसाई प्रयोग गर्दा फइदा हुन्छ। भोक नलाग्ने भएमा केही दिन जाइफको टुक्रा चुस्नाले भोक बढी लाग्न थाल्दछ।


तुलसी



तुलसीले रोगका किटाणु नष्ट गर्न मद्दत गर्छ। यदि घरअगाडि तुलसीको बोट रोपिन्छ भने हावा पनि शुद्ध हुन्छ, आसपासका हानिकारक किटाणु पनि प्रभावहिन हुन्छन्। तुलसीमा एन्टीबायोटिक गुण हुन्छ, जो मलेरिया रोगका लागि लाभकारी हुन्छ। तुलसीको सेवनबाट शरीरमा रोग प्रतिरोधी क्षमता बढ्छ, यसको कुनै साइडइफेक्ट हुँदैंन र यसको सेवनबाट रुघाखोकी, निमोनिया निको हुन्छ। यस्तै यसको सेवन गरेपछि श्वास गन्हाउदैन। कफ तथा बाडुलीमा तुरुन्त आराम मिल्छ। यस्तै, बान्ता रोक्न, कुष्ट तथा विषनाशक तथा मानसिक पीडा हटाउन तुलसी लाभदायी मानिन्छ।तुलसीको पहेंलो पातमा हरियो रंगको एक तैलीय पदार्थ पाइन्छ, यो पदार्थ हावामा मिसियो भने कैयौं किटाणु मर्छन्। पानीमा तुलसीको पत्ता राखेर पिएमा पेटको समस्या समाधान हुन्छ भने अनुहारलाई पनि चम्किलो बनाउँछ। तुलसीको प्रयोगले स्मरणशक्ति बढाउँछ भने यसमा पाइने विशेषप्रकारको एसिडले दुर्गन्ध भगाउँछ। तुलसीको प्रयोगले शरीरको सेतो दाग पनि हट्छ, किनकी यसले हाम्रो रगतलाई पनि सफा बनाउँछ। तुलसीको पातलाई चियाको रुपमा पनि प्रयोग गर्न सकिन्छ। अथवा तुलसीको पातलाई सुकाएर दालचिनी, तेजपत्ता, सुपलगायत मिसाएर धुलो बनाएमा चियाको रुपमा प्रयोग गर्न सकिन्छ। दमको रोगीले तुलसीको पातलाई काँडा बनाएर हरेक दिन तातो पार्दै बिहान बिहान पिएमा लाभदायी हुन्छ।


खोकी र ज्वरोमा तुलसीको पात उमालेर दिएमा फाइदा हुन्छ। तुलसीले रगतमा कोलस्ट्रोलको मात्रा नियन्त्रित गर्छ, नियमित सेवनले वजन घटाउँछ। तुलसीको रसमा केही नुन मिसाएर बेहोस मानिसको नाकमा अलिकता राखिदिने हो भने होस चाँडै खुल्छ। चिया बनाउँदा तुलसीको केही पात पनि उमाल्ने हो भने रुघा, ज्वरो तथा शरीरको दुखाई कम हुन्छ। तुलसीको रसलाई ५ ग्राम महका साथ खाने हो भने बाडुली रोकिन्छ, दमका रोगीलाई लाभदायी हुन्छ।


ल्वाङ


ल्वाङलाई खानामा मसलाका रुपमा प्रयोग गरिन्छ। यसमा प्रोटिन, आइरन, कार्बोहाइड्रेट्स, क्याल्सियम, फस्फोरस, पोटाशियम, सोडियम तथा हाइड्रोक्लोरिक एसिड भरपूर मात्रामा पाइन्छ।  यस्तै, यसमा भिटामिन ए तथा सि, म्याग्नीज र फाइबर पनि पाइन्छ।  ल्वाङ प्राकृतिक पेनकिलरको रुपमा पनि प्रयोग गरिन्छ। यसमा रहेको युजेनल आयल दाँतको दुखाईका लागि लाभदायी मानिन्छ। जतिसुकै दाँत दुखेपनि ल्वाङको तेल लगाउनाले दुखाई तत्कालै निको हुन्छ। यसमा एन्टीब्याक्टेरियल विशेषता हुन्छ, जसका कारण यसको प्रयोग टुथपेष्ट, माउथवास तथा क्रिम बनाउन प्रयोग हुन्छ।  जोर्नीमा हुने दुखाई, सुन्निने जस्ता समस्याका लागि ल्वाङ फाइदाजनक हुन्छ। कैयौं अरोमा विशेषज्ञहरु जोर्नी दुख्ने समस्याका लागि ल्वाङको तेल सिफारिस गर्छन्।  ल्वाङका तेल सुँघ्नाले रुघा, कफ, दम, ब्रोङकाइटिस, साइनसाइटिसजस्ता समस्यामा तुरुन्त आराम मिल्छ।  ल्वाङको तेलमा एन्टीसेप्टिक गुण पनि हुन्छ, जसबाट फंगल संक्रमण, काटेको, घाउ भएको  र छालासंबन्धी अन्य समस्यामा यसको प्रयोग गरिन्छ। ल्वाङको तेल सिधै नभई कुनै तेलमा मिसाएर लगाउनुपर्छ।


सुकुमेल



भोक नलाग्ने, बान्ता हुने, अपच हुने आदि समस्या छन् भने सुकुमेल खानाले कम हुन्छ। तिर्खा लागिरहन्छ अथवा घाँटी पोल्ने गरिरहन्छ भने सुकुमेल मिसाइएको पानी पिउँदा राम्रो हुन्छ। छातीमा कफ जमेको छ र सास लिन गाह्रो भइरहेको छ भने सुकुमेल खानाले कफ बाहिर निस्कन्छ र शरीरलाई राहत मिल्छ। रुघाखोकी लागेको छ अथवा घाँटी खसखस भइरहने समस्या छ भने सुकुमेललाई पिसेर महसँग खानुपर्छ।  सुक्खा खोकी लागेको छ भने सुकुमेल, तोरीको तेल र चिनी मिसाएर खानुपर्छ। यसले कफ बाहिर निकाल्न मद्दत गर्छ। ज्वरो आएर जीउ पोलेको छ भने सुकुमेल खानाले सहज महसुस हुन्छ।


बेसारका केही अनगिन्ती फाइदाहरु ।










 शरीरका हरेक अंगलाई फाइदा पुर्‍याउने स्वास्थ्यवद्र्धक जडिबुटी हो बेसार। यसका फाइदा अनगिन्ती छन्। खासगरी तरकारीमा मसलाको रुपमा प्रयोग गरिने बेसारले औषधिको काम गर्छ। त्यसैले एन्टिबायोटिक बनाउँदा समेत बेसारको प्रयोग गरिन्छ।


पश्चिमी मुलुकमा बेसारको प्रयोग कम हुँदा रोगहरुसँग लड्न आवश्यक पर्ने अन्टिबायोटिकका लागि बेसार मिश्रित औषधि महँगो मूल्य तिरेर खाइन्छ। तर नेपालमा भने सजिलै खेती हुने र सस्तोमा पाइने हुँदा पनि बेसारको महत्व बुझ्न सकिएको छैन।


भनिन्छ, बेसारले मानव शरीरमा लाग्ने ६ सयभन्दा बढी रोगको निदान गरेको हुन्छ।  वनस्पती वैज्ञानिकहरुका अनुसार बेसारले मानव शरीरका सम्पूर्ण अंगमा औषधीय काम गरेको हुन्छ। बेसारले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्नुका साथै  अन्य इन्फेक्सनबाट पनि बचाउँछ।


विभिन्न संक्रमणबाट बँच्न सकिने हुँदा विशेषज्ञहरु नियमित बेसार सेवन गर्ने सल्लाह दिन्छन्। एक अध्ययनले प्रमाणित गरेअनुसार टाउको र घाँटीमा क्यान्सर वृद्धि गर्ने इन्जाइमलाई बेसारमा पाइने सर्कुमिन नामक मुख्य तत्वले रोक्छ। मध्यपूर्व र दक्षिणपूर्वी एसियामा हजारौं वर्षदेखि प्रयोगमा आएको बेसार विभिन्न रोग तथा चोटपटकको उपचारमा समेत उपयोगी मानिन्छ। आयुर्वेदमा त यसलाई सबैभन्दा उपयोगी प्राकृतिक एन्टिबायोटिक मानिन्छ।


बेसरलाई नेचुलर पेन किलरले पनि चिनिन्छ किनकि यसले शरीरमा हुने कुनै पनि दुखाइलाई प्राकृतिक रुपमा निदान गर्छ। बेसार नियमित रुपमा भन्सामा प्रयोग हुन्छ तर धेरैले यसका मह्त्वपूर्ण औषधीय गुण बुझ्न सकेका छैनन्। बेसार सेवनबाट पाइने अनगिन्ती फाइदामध्ये केहीको यहाँ चर्चा गरिएको छ।


- लामो समयदेखि ग्यस्ट्रिकको शिकार भइरहेका बिरामीलाई बेसारको नियमित सेवनले पूर्ण रुपमा फाइदा पुर्‍याउँछ।


- बेसारले खप्नै नसकिने गरी पोलेका र दुर्घटनामा परेर अप्रेसन गर्नुपर्ने बिमारीलाई समेत पेनकिलरको रुपमा फाइदा पुर्‍याएको हुन्छ। गाउँघरतिर आलो घाउमा बेसारको धुलो हाल्नुको वैज्ञानिक कारण पनि यही हो।  


- बेसारले मानव शरीरको डिएनए क्षति हुनबाट जोगाउन विशेष भूमिका खेलेको हुन्छ।


- विभिन्न मेटलबाट शरीरमा फैलिने विषादिबाट बेसारले जोगाउने काम गर्छ। शरीरमा लागेको चोटपटक छिटोभन्दा छिटो निको पार्न बेसारले प्रमुख भूमिका खेलेको हुन्छ।


- पेटसम्बधी यावत रोगको निदान गर्न बेसारले मद्दत पु¥याउँछ। हड्डीमा हुने सम्पूर्ण समस्यालाई बेसारले फाइदा गर्छ।


- मांसपेशीमा हुने विभिन्न पीडालाई बेसार सेवनले केही हदसम्म कम गर्छ। रक्तअल्पतालाई पनि बेसारले फाइदा पुर्‍याउँछ।


- बेसारको नियमित प्रयोगले डिप्रेसन अर्थात् मानसिक चिन्ताको शिकार हुनबाट जोगाउँछ। बेसारको प्रयोगले स्मरण शक्तिमा वृद्धि गर्छ।


- कुनै अप्रिय घटनाको झट्काबाट बाहिर निस्कन विशेष मद्दत पु¥याउँछ। बेसारको प्रयोगले आँखामा हुने विभिन्न संक्रमणबाट जोगाउन मद्दत गर्छ।


- दूध र बेसार मिसाएर सेवन गर्दा पाचन यन्त्र चुस्त रहनेदेखि महिनावारीका बेला हुने पेटको दुखाइसम्मको समस्या हल हुन्छ।


- बेसारमा करक्युमिन रहेको हुन्छ, जसले क्यान्सरको कोसिका रोक्ने क्षमता राख्छ। त्यसैले दूध र बेसार पिउँदा क्यान्सरसँग लड्ने क्षमता पनि बढ्छ।


- यदि अनिद्राको समस्या छ भने बेसार र दूध पिउनु लाभदायक हुन्छ। बेसार मिसाइएको दूधमा ट्रायटोफन हुन्छ, जसले राम्ररी निद्रा लगाउँछ।


- बेसार र दूधको मिश्रणमा क्याल्सियम बढी हुन्छ, जसले गर्दा हड्डी बलियो हुन्छ। कम फ्याट भएको दूधमा बेसार मिसाएर पिउँदा पाचन प्रणाली चुस्त रहनुका साथै  कलेजोको विषाक्त पदार्थ हटाउन मद्दत पुर्‍याउँछ।


- धेरै पटक पिसाब गरिरहनुपर्ने, पानी तिर्खा बढी लाग्ने भएमा वा मधुमेह (डायबिटिज) भएमा बिहान–बेलुका १÷१ चम्चा शुद्ध बेसारको धूलो पानीसँग खाँदा फाइदा पुर्‍याउँछ।


- १ चिम्टी खाने खयर र १ चिम्टी बेसार तातोपानीसँग बिहान–बेलुका खाने गरेमा २/३ दिनमा नै सुख्खा खोकी ठिक हुन्छ।


- ज्वानो र बेसार १ चम्चा दिनको ३ पल्ट १ गिलास पानीमा पकाएर खाएमा रुघा पाक्छ र चाँडै आराम हुन्छ। साथै २ चम्चा बेसार २ गिलास पानीमा पकाउने र १ गिलास भएपछि दिनको २ पटक कुल्ला गरेमा ठिक हुन्छ।


- डाइबिटिज, रक्तचाप, मुटुसम्बन्धी समस्या र वजन घटाउन पनि बेसारको प्रयोग निकै उपयोगी मानिन्छ।


- दिसा–पिसाबमा हुने सन्क्रमण घटाउन पनि बेसार उत्तम हुनुका साथै मिर्गौलासम्बन्धी रोगीलाई पनि फाइदाजनक मानिएको छ।


- छालाको लागि त बेसार अमृत नै मानिन्छ। सौन्दर्यका समान उत्पादन गर्दा पनि बेसार पर्याप्त प्रयोग गरिन्छ।


- नियमित बेसार सेवन गर्नाले बुढोपन देखिँदैन। साथै विभिन्न औषधिबाट हुने साइड इफेक्टलाई पनि बेसारले रोक्ने काम गर्छ।


- हिन्दु धर्ममा बेसारको प्रयोगलाई पवित्र मानिन्छ।जनै पूर्णीमामा होस् वा अन्य कुनै पूजामा हातमा बाँध्ने डोरोमा बेसारको प्रयोग गरिएको हुन्छ। यसले नकारात्मक शक्ति र विचारबाट बचाउँछ।


- बेसारलाई शुभ सन्देश पनि मानिन्छ। विवाहको निमन्त्रणा कार्डमा बेसार लगाउनाले सम्बन्धमा थप प्रगाढता ल्याउने विश्वास गरिन्छ। साथै विवाहमा दुलाहा तथा दुलाहीलाई बेसार लगाइन्छ। जसले  छालामा चमक ल्याउँछ र नकारात्मक शक्ति र अरूको नजर नलाग्ने विश्वास गरिन्छ।

– सौन्दर्यमा निखार ल्याउन नुहाउनुभन्दा अघि शरीरमा बेसार लगाइन्छ। यसले शरीरको मांसपेशी बलियो हुने बताइन्छ।


-औषधिको रुपमा आयुर्वेदमा बेसारको धेरै स्थानमा प्रयोग गरिन्छ र कतिपय जडिबुटीमा बेसार मिसाएर औषधि बनाइन्छ।


उपयोगी अंगुर : के-के पोषक तत्व पाइन्छ?के-के छन् फाइदा?





 अंगुर रसिलो र स्वास्थ्यका दृष्टिले उपयोगी फल हो । विकिपेडियाका अनुसार ८ हजार वर्षअघि जर्जियामा वाइन बनाउने कार्यमा अंगुर प्रयोग भएको प्रमाण फेला पर्छ । त्यसकारण यसको इतिहास पनि लामै छ। यसको फल त्यसै पनि खान सकिन्छ भने वाइन, जाम, जुस, जेली, भिनेगर, रेजिन, बियाँका तेललगायत बनाउने काममा अंगुर प्रयोग गरिन्छ । सय ग्राम अंगुरमा ६९ क्यालोरी शक्ति पाइन्छ भने काबोहाइड्रेटको मात्रा १८.१ ग्राम हुन्छ । यसका अतिरिक्त यसमा सुगर, भिटामिन, प्रोटिन, क्याल्सियम, फ्लुराइडलगायतका तत्व पाइन्छन्।


यसका फाइदा:


दममा – यसले फोक्सोमा आर्द्रता बढाउने भएकाले अंगुर दमको समस्या समाधान गर्न मद्दत गर्छ।


मुटु रोगमा – अंगुरले रगतमा नाइट्रिक अक्साइडको मात्रा बढाउँछ, रगत जम्नबाट रोक्छ र हृदयाघातको खतरा कम हुन्छ।


माइग्रेनमा – अंगुरको जुस माइग्रेनमा उपयोगी मानिन्छ । यसका लागि पानी नमिसाइकन बिहान सबेरै जुस पिउनुपर्छ।


कब्जियतमा-  यसले कब्जियत घटाउन मद्दत गर्छ किनकि यसमा अर्गानिक एसिड, सुगर र सेलुलोज हुन्छन् । यसले क्रोनिक कब्जियतलाई समेत निको पार्छ।


अपचमा- यसले अपच र पेटको इरिटेसन हटाउन मद्दत गर्छ।


थकानमा- सेतो अंगुरले शरीरमा आइरनको मात्रा बढाउँछ र शरीर थाक्नबाट बचाउँछ । यद्यपि डार्क खालका अंगुरले आइरनको मात्रा घटाउँछ । अंगुरको जुस सेवन गर्दा तत्काल ऊर्जा प्राप्त हुन्छ । यसमा भएको एन्टिअक्सिडेन्ट तत्वले रोग प्रतिरोधी प्रणालीलाई पनि मजबुत बनाउँछ।


मिर्गौलाको समस्यामा- अंगुरले युरिक एसिडबाट अम्लीय पदार्थ हटाउन मद्दत गर्छ र शरीरको प्रणालीबाटै एसिड हटाउँछ र मिर्गौलाको कार्यक्षमता बढ्छ।


स्तन क्यान्सरमा- अध्ययनका अनुसार बैजनी रंगका अंगुरले स्तन क्यान्सर रोकथाम गर्न मद्दत गर्छन्।


अल्जाइमर रोगमा – अंगुरले दिमागको स्वास्थ्यलाई प्रबद्र्धन गर्छ र न्युरोडिजेनेरेटिभ डिजिज हुनबाट रोक्छ।


यसका साथै अंगुरले वृद्धवृद्धामा हुने मांसपेशीसम्बन्धी समस्या, मोतिबिन्दु र रगतको कोलेस्टेरोल घटाउन मद्दत गर्छ भने क्यान्सरमा पनि उपयोगी मानिन्छ।


अंगुरमा पाइने पोषक तत्व (सय ग्राममा)


इनर्जी– २८८ केजे (६९ केसिएएल)

कार्बोहाइड्रेट– १९.१ ग्राम

सुगर– १५.४८ ग्राम

डाइटरी फाइबर– ०.९ ग्राम

फ्याट– ०.१६ ग्राम

प्रोटिन– ०.७२ ग्राम


भिटामिन

बी १ं– ०.०६९ एमजी

बी २– ०.०७ एमजी

बी ३–  ०.१८८ एमजी

बी ५– ०.०५ एमजी

बी ६– ०.०८६

बी ९– २ एमजी

कोलिन– ५.६ एमजी

भिटामिन सी– ३.२ एमजी

भिटामिन ई– ०.१९ एमजी

भिटामिन के– १४.६ एमजी

म्यागनिज– ०.०७१ एमजी

फोस्फोरस– २० एमजी

पोटासियम– १९१ एमजी

सोडियम– २ एमजी

जिंक– ०.०७ एमजी

फ्लुराइड– ७.८ एमजी


आउँ रोग पर्नुको कारण के हो?

 आउँ


यो रोगलाई रगतमासी पनि भनिन्छ। यो रोग

लागेपछि दिशामा मासी देखा पर्छ अनि रगत

पनि देखा पर्दछ। यो रोगलाई कसैले रगतमासी

रोग भनेर बुझ्दछन् भने कसैले आउँ भनेर

बुझ्दछन्। प्रायजसो यो रगतमासी प्रत्येक

मानिसलाई परिसकेको हुनुपर्दछ। यो रोग

लागेपछि ठुलो आमाशयमा घाउ बनाउँदछ।


आउँ पर्नुको कारण।


  • आउँ विशेष कारणवश पर्छ भन्ने हैन,

खानपानमा गडबड दुषित पानी मसलाको

  • मात्रा धेरै खाएमा ।


  • पिरो खाना कब्जियत हुनु कीटाणुको

संक्रमणले गर्दा पनि आउँ पर्ने गर्दछ।


  • गहुँको परिकार काँचै खाँदा पनि आउँ

को संक्रमणमा पर्न सकिन्छ।


आउँ परेको कसरी थाहा पाउने?


  • बारम्बार दिशा लागिरहनु।


  • बिस्तारै पखालाको मात्रा बढ्दै जानु।


  • शारीरिक दुर्बलता पाचन शक्ति कम हुँदै जानु।


  • खाना खानेबित्तिकै कटक्क पेट काट्नु।


  • तारन्तार चर्पी मा  मात्रै बसिरहनु जस्तो

हुनु।ज्वरो आउनु टाउको दुख्नु बढीमात्रामा

तिर्खा लाग्ने।


  • शरीर शिथिल भएर आउनु।


  • काम गर्ने शक्ति हराएर जानु।


आउँ परेका बेलामा कस्तो खानेकुरा खाने?


  • नयाँ चामलको भात फुलकोपी टमाटर आलु

पनि मासु नखाने।


  • पाकेको या पोलेको काँचो वेल, भुटेका लौका,

पोलेको काँचो केरा, धेरै पाकेको केरा, पातलु

दाल, धानका बाला लाई मोलेर खाने


  • दुधको चिया खाने पानीलाई उमालेर खाने।


  • सुरुसुरुमा केही दिनमा दहीमा पानी हालेर

खाने पछिपछि दही र भात खाने


  • गाईको दूध तात्तातै 4 देखि 6 चम्चाको

दरले दिनमा तीन-चार चोटि पिउने।


  • भातको माड अनि अनारको रस दिनमा

तीनचार पटक एक एक कप गरेर खाने।


  • मुङ् को दाल,  पाकेको मेवा, सुन्तला,

मौसम, पाकेको स्याउ आदि खाने


आउँ रोगलाई निको बनाउने तरिका।


  • खुल्ला ठाउँमा हावामा बस्ने आराम गर्ने


  • हल्का व्यायाम गरी रहने।


  • सधैंजसो रातिमा माटोको पट्टी पेटमा बाँध्ने।


  • इसबगोल को धुलो एक चम्चा तातो पानीसँग

खाने।धेरै पेट दुखी रह्यो भने तातोपानीको


  • थैलीले सेकी रहने।


  • दिसा लाग्दा नरोक्ने।


  • जहाँ पायो त्यहीँ दुषित पानी नपिउने।


  • शौचालय सफा राख्ने, रोगीको शौचालय

सकेसम्म छुट्टै ठाउँमा बनाउने।


Sunday, May 30, 2021

यी हुन् गर्मीमा उपयोगी ६ तरकारी






 गर्मी मौसममा खानपानमा अलिकता लापरवाहीले पनि बिरामी पर्ने सम्भावना हुन्छ । जाडो मौसमको तुलनामा गर्मीमा पाचन शक्ति कमजोर हुन्छ । यस्तो बेला बढी तारेको या मसालायुक्त खाना धेरै खानुहुँदैंन । फुड प्वाइजनको समस्या हुने पनि यही मौसममा हो । त्यसैले यो मौसममा हल्का या सजिलै पच्ने खालको खाना खानुपर्छ । गर्मीमा यी तरकारी खानु उपयोगी मानिन्छ :


१. लौका

लौकामा करिब ९६ प्रतिशत पानी हुन्छ । सलादमा काँक्रोले काम गरेजस्तै यसले तरकारीमा पनि त्यस्तै काम गर्छ । लौका चिसो खालको तरकारी हो । यसले कलेजो स्वस्थ राख्न मद्धत गर्छ । क्यालोरी कम हुने भएकाले सजिलै पचाउन सकिन्छ । गर्मी मौसममा यसले पेट सफा पार्छ । ग्यास बन्न दिँदैंन । फाइबर पनि हुने हुनाले अल्सर, पायल्स र ग्यास्ट्रिकका रोगीका लागि लाभदायी हुन्छ । 


२. प्याज

गर्मी मौसममा प्याज वरदान नै हो । यसमा भिटामिन सी, भिटामिन बी ६ र म्याङगनिजको मात्रा भरपूर हुन्छ । यसका अलावा क्याल्सियम, आइरन, फोलेट, म्याग्नेसियम, फस्फोरस र पोटासियम पनि पाइन्छ । यसमा क्वेरसेटिन नामक एन्टीअक्सिडेन्ट पनि हुन्छ । यो मौसममा काचो प्याज खानाले लू पनि लाग्दैन । यसलाई तरकारीको रुपमा मात्र नभई काचै सलादका रुपमा खान सकिन्छ । 

३. करेला

स्वादमा तीतो भएपनि करेला स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ । यो सजिलै पच्छ । यसमा फस्फोरस पाइने भएकाले कफको समस्या हटाउन पनि मद्धत गर्छ । यसका साथै प्रोटीन, क्याल्सियम, कार्बोहाइड्रेट, फस्फोरस र भिटामिन पाइन्छ । करेलाले पाचनशक्ति मजबूत पार्ने भएकाले भोक पनि जगाउछ । यो चिसो खालको तरकारी भएकाले गर्मी मौसममा उपयोग गर्नु राम्रो मानिन्छ ।


४.हरियो सिमी

हरियो सिमीले पनि शरीरलाई आवश्यक पोषक तत्व प्राप्त हुन्छ । यसमा पर्याप्त मात्रामा भिटामिन ए, सी र बी ६ पाइन्छ । यो फोलिक एसिडको पनि राम्रो स्रोत हो । यसका अलावा क्याल्सियम, सिलिकन, आइरन, म्याङनिज, बिटा क्यारोटिन, पोटासियम र कपर तत्व पनि सिमीमा पाइन्छ । पर्याप्त मात्रामा एन्टीअक्सिडेन्ट पाइने भएकाले पनि यसले शरीरमा रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ । कोशिकाहरुको क्षति ठीक गरी नयाँ कोशिका निर्माण गर्न पनि मद्धत गर्छ । 


५. फर्सी

फर्सी खनिज तत्वले भरपूर हुन्छ । यसले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्छ भने एसीडीटी हटाउन र तौल कम गर्न मद्धत गर्छ । यसको बियाँले प्रोस्टेट क्यान्सरका बिरामीलाई फाइदा पुग्छ । यसमा आइरन, म्याग्नेसियम, सेलेनियम र फस्फोरस हुन्छ । गर्मी मौसममा पेट गडबड हुनेहरुका लागि यो निकै राम्रो खाद्यपदार्थ हो । 


६. गोलभेंडा

दिनुहँ एउटा गोलभेंडा खाने हो भने धेरै खालका रोगबाट बच्न सकिन्छ । यसमा भिटामिन ए र सी, फोलेट, पोटासियम, फाइबर र सबै खालका एन्टी अक्सिडेन्ट पाइन्छ । गोलभेंडा खानाले शरीरको रोगप्रतिरोधी क्षमता मजबूत हुन्छ भने रक्तचाप पनि नियन्त्रणमा आउँछ । त्यसैले मुटुका रोगीका लागि यो निकै उपयोगी मानिन्छ ।


पत्थरी भएमा के के गर्नुपर्छ?


 पत्थरी


पत्थरी अहिले प्रायजसो धेरै मानिसहरुमा भएको

पाइन्छ। पहिला-पहिला पत्थरी परेको अप्रेसन गर्न

पनि धेरै गाह्रो र मंहगो थियो । तर अहिले बदलिँदो

परिवर्तन र नयाँ आविष्कारको कारणले पत्थरीलाई

सजिलै पकाउन सकिने औषधीहरू आएका छन् ।

जसको कारण पत्थरी परेको मानिसको उपचार

राम्रोसँग गर्न सकिन्छ । तर पत्थरि नैं नपर्न को

लागि हामीलाई केही कुराहरु को जानकारी हुनुपर्दछ।


पत्थरी परेको कसरी थाहा पाउने?


  • किड्नीमा नै पत्थरी भएको कारणले अनुहार

र खुट्टा सुन्निन्छ।


  • पिसाब फेर्दा खेरी दुख्ने अथवा पोल्ने हुनथाल्छ।


  • पिसाब आउँदा एकैपटक नआई बिचमा रोकिँदै

आउँदै गर्छ


  • लिङ्गको अगाडी पट्टिको भागमा धेरै पीडा

भएर स्तो हुन्छ


  • कम्मरमा कहिले हल्का अनि कहिले बढी

दुखाइको अनुभव हुन्छ


मानिसको शरीरमा पत्थरी के कारणले पर्दछ?


  • पत्थरी पर्नुको मुख्य कारण पिसाबमा युरिकेसिट

phosphorus calcium oxycal एसिडको मात्रा

धेरै भएको खण्डमा।


  • युरिक एसिड जस्ता पदार्थ आफैमा मिलेर गोलो

चेप्टो अथवा लाम्चो चिल्लो केराउको दाना

जस्तो बन्नु।


  • शरीरमा गर्मी बढी तातेको कारणले।


  • परिश्रम गरे भन्दापनि बढी पसिना निस्कनु ले।


  • फलफुल सलाद तरकारी र मासु धेरै खानाले


भिटामिन डीको विषाक्तता ले गर्दापनि पत्थरी

उत्पन्न हुन सक्दछ।


पत्थरी परेका बेलामा कस्तो खानेकुरा खाने?


  • जौबाट बनेका खानेकुरा धेरै खाने।


  • हरियो तरकारीमा करेला मटरकोसा सलगम

पाकेका फर्सी र अदुवा खानु पर्दछ।


  • फलफुलमा आँप खरबुजा मेवा अंगुर काँक्रो

नरिवल नास्पाती स्याउ गाँजर खानुपर्दछ।


  • तातोपानी मात्रै पिउनुपर्दछ तातो पानी

पिउँदा थोरै थोरै गरेर पिउनुपर्दछ।


  • गहुँको पिठोको choker निकालेर बनाएको

रोटी खानु पर्दछ।


  • दालमा गहतको दाल खानु पर्दछ ।


  • गहतको दाल को गेडा भिजाएर त्यसको

पानी खाना पनि राम्रो हुन्छ।


 


पत्थरी परेका बेलामा कस्तो कस्तो खानेकुरा नखाने?


  • दुध र दुधबाट बनेका खानेकुरा दही पनिर मख्खन 

नखाने।


  • फलफूलमा स्टेबरी आरु आलुपखरा किसमिस काजु

नखाने।


  • ढिलो पच्ने खालको खानेकुरा नखाने।


  • नुनिलो खानेकुरा अचार पापड चिया कफी रक्सी

बियर सोडा कोक फ्यान्टा माछामासु नखाने।


  • चुरोट सुर्ती पानपराग गुट्खा सकिन्छ भने


  • सेवन नै नगर्ने।


पत्थरी रोग को उपचार कसरी गर्ने?


  • दुखेको ठाउँमा तातोपानी अथवा तातो चिजले

सेक्ने।


  • शरीरलाई आराम दिने।


  • दुखाइ कम गर्नलाई कोल्टे परेर सुत्ने।


  • योग व्यायाम गर्ने युग को बारेमा थाहा

भएमा भुजंगासन धनुरासन पवनमुक्तासन गर्ने।


  • पिसाब र शुक्रकीटको वेग लाई नरोक्ने।


  • आफूखुसी दुखाई कम गर्ने एलोपेथिक औषधी नखाने।


  • शारीरिक व्यायाम गर्ने।


  • खानपानमा ध्यान पुराउने।


कपाल स्त्रैत (Straight) बनाउन अपनाउनुहोस् यी घरेलु उपाय

  कागती, दुई चम्चा तोरीको तेल र एक कप नरिवलको तेल मिलाएर बिस्तारै हातले कपालमा लगाउनुहोस् । यसले कपाललाई सिधा गर्न मद्दत गर्छ । यो मिश्रणलाई...