निमोनिया
निमोनिया रोगले प्राय गरेर ससाना बालबालिका
र वृद्ध बूढा भएका मानिसलाई बढी सताउने
गर्दछ। निमोनिया रोग बच्चा र बुढाबुढीमा रहेको
ईम्युनिटी मात्रा कम हुने भएकोले गर्दा
फोक्सोमा संक्रमण हुन्छ। त्यसैबाट
निमोनिया हुनसक्दछ।
निमोनिया रोगको लक्षण कस्तो हुन्छ?
अचानक तेज गतिमा ज्वरो आउनु।
छाती दुख्नु पसिना आउनु पिसाब धेरै मात्रामा लाग्नु।
टाउको दुख्नु र धेरै तिर्खा लाग्नु।
अनुहार तथा मुख रातो हुनु।
सुख्खा खोकी लाग्नु श्वासको गति तीव्र रूपमा बन्नु।
ढाड दुखेर सुत्न गाह्रो हुनु फोक्सो सुन्निनु।
नाडीको गति बढ्नु खकारमा रगत देखा पर्नु।
कमजोरी जस्तो देखिनु भोक कम लाग्नु।
निमोनिया रोग लागेका मानिसले कस्तो
खाना खाने?
अलि धेरै मात्रामा तातो चिया दूध र
कफि पिउने।
खानामा झोलपदार्थ भएका खानेकुरा जस्तै
पातलो जाउलो साबदाना को खिर पाकेको
अण्डा मुङ को दाल, मुसुरोको दालको सुप खाने।
तातो पानी धेरैमात्रामा पिउने।
लसुनको पोटी लाई पिनेर 2 चम्चा तातो
पानीमा बिहान बेलुका खाने।
बढीमात्रामा तिर्खा लाग्यो भने तातो पानीमा
एक चम्चा मह मिलाएर पीई रहने।
निमोनिया भएका बिरामीले के नखाने?
बरफको पानी आइसक्रिम र चिसो पेय
पदार्थ नखाने।
रक्सी चुरोट जस्ता उत्तेजक बनाउने खालका
पदार्थ सेवन नगर्ने।
जुठो भाडा मा बासी खानेकुरा कहिल्यै नखाने।
तेल घ्यू मात्रामा पकाएका बोसो भएका
खानेकुरा नखाने।
मसलाको मात्रा खुर्सानीको पिरो बिल्कुल नखाने।
निमोनिया रोगबाट कसरी बच्न सकिन्छ?
रोगीलाई पूरा आराम गर्न दिने अनावश्यक
रुपमा कसैसँग कुरा गर्न नदिने।
रोगी मानिसलाई तातो कोठामा राख्ने जहाँ
सिधै हावाको आवतजावत होस।
चिसो नलागोस् भन्नको लागि बिरामीलाई
तातो लुगा लगाइदिने बिरामीको खुट्टा तातो
बनाएर राख्ने।
बिरामीको छाती र ढाडमा तोरीको तेलले मालिस
गर्ने र बिरामीलाई फलाटिनको कपडाले बेर्ने।
बिरामीलाई धेरै दुख्यो भने सेतो तेल
(लिनीमेन्ट टारपेनटाईल) मालिस गरेर सेक्ने।
झ्याल ढोका बन्द गरेर नसुत्ने।
धेरै हिडडुल अथवा शारीरिक परिश्रम गर्ने
बानी छोडिदिने।
बच्चा र कमजोर बुढाबुढीहरुलाई रोग लागेको
व्यक्तिको नजिक जान नदिने।
No comments:
Post a Comment