कब्जियत रोग
रोग लागेको कसरी थाहा पाउने?
केही खानेकुरा खान मन नलाग्नु अल्छी हुनु।
भोक खुलेर नलाग्नु केही खानेकुरालाई
क्वाप्पै खाउँ जस्तो हुनु।
दिशा सफासँग खुलेर नहुनु।
दिसा सुख्खा कडा र कम निस्कनु।
जिब्रोको भागमा सेतो मैलो देखापर्नु।
कब्जियत रोग की कारणबाट लाग्न सक्दछ?
बिना समय खाना खाने बानीले, जतिखेर
पायो तेतिखेर खाना खानाले, खानाको
कुनै निश्चित समय नभएको कारणले
मैदाबाट बनाएको खानेकुरालाई ठिक सँग
चपाएर नखानाले।
पहिला खाएको खाना नपच्दै फेरी खानुले।
मानसिक अवस्था चिन्ता क्रोध आदि परेको
अवस्थामा पनि खाना खानु।
खाना खाने बित्तिकै दिमागी मानसिक
काम गर्नु।
व्यायाम नगर्नु धेरै समयसम्म सुत्नु मैथुन
धेरै गर्नुले पनि मानिसमा कब्जियत बनाउँदछ।
कब्जियत रोग को उपचार को लागि के
गर्नु पर्दछ?
दिनको दुई पल्ट बिहान बेलुका मात्रै चर्पी
जाने बानी बसाल्नु पर्दछ।
बिहान चर्पी जानुभन्दा पहिला 1/2 गिलास
पानी पिउने।
बिहानको समयमा 3/4 किलोमिटर जति
morning walk गर्ने।
खाना खानुभन्दा 1/2 घण्टा पहिले नै 1/2
गिलास पानी पिउने।
तोरीको तेलले बिहान-बेलुका मालिस गर्ने।
कहिलेकाहीँ यसरी कब्जियत बढेमा चूर्ण
अथवा त्रिफला मनतातो पानीमा खानुपर्दछ।
अल्छी बानीलाई हटाई परीक्षण गरिरहने।
दिसा रोकेर नबस्ने समयमा दिशा गरिहाल्ने।
कब्जियत हटाउनको लागि नियमित औषधिको
सेवन गर्ने।
No comments:
Post a Comment