उच्च रक्तचाप
अहिलेको अवस्थामा धेरै मानिसलाई ब्लड प्रेसरले
निकै सताएको पाईन्छ । यो रोग मुटुको तल्लो
भागमा रहेको प्रकोष्ठमा संकुचन भएर प्रत्येक
धड्कन संग धेरै दबाब उत्पन्न हुन्छ ।
सिस्टोलिक मांशपेशीको र डायस्टोलिक मांशपेशीको
दबाबलाई नै ब्लडप्रेसर भनिन्छ । स्वास्थ
युवकको ब्लडप्रेसर १२०-८० मि मि मरकरी
हुन्छ । १५० भन्दा माथिको ब्लडप्रेसरलाई
हाई ब्लडप्रेसर भनिन्छ । यो रोगको कारणले
धेरै मानिसको अकालमा मृत्यु पनि भएको
हामीले सुनेका छौ । यसरी ब्लडप्रेसर हुनबाट
बच्नको लागी हामीले कुनै अस्पतालमा जान
पर्दैन । आफ्नो उपचार आफै गर्न सकिन्छ ।
उच्च रक्तचापको लक्षण
दुवै भागको टाउको दुख्छ ।
टाउको भारी हुन्छ ।
चक्कर आउन लागेजस्तो थकाईको महसुस हुन्छ ।
शारीरिक कसरत गर्न मन नलाग्नु ।
आँखामा रगतको मात्रा देखिनु ।
टाउकाको नसा फरफराउनु ।
डर लागेजस्तो हुनु, जिउ कस्तो कस्तो हुनु ।
मुटु दुखिरहनु, हातखुट्टाको नसा पनि झमझमाउनु ।
अनुहार नरमाईलो हुनु ।
युवतीको लागी नाक वा योनी बाट रगत आउनु ।
सास लिनलाई असाध्यै गाह्रो भए जस्तो ।
उच्च रक्तचाप हुनुको कारण
धेरै मनमा चिन्ता, शोक र क्रोध आदीको
कारणले ।
मानसिक आघात पर्नाले ।
रगतमा कोले स्ट्रोलको मात्रा बढ्नाले ।
रक्सी वा धुम्रपानको मात्रा धेरै गर्नाले ।
धेरै मोटो हुनाले ।
धेरै खाना खानु, मानसिक चिन्ताको तुलनामा
शारीरिक कसरत नगर्नु ।
नुनको मात्रा धेरै प्रयोग गर्नु ।
उच्च रक्तचाप भएका व्यक्तिले कस्ता
खानेकुरा खाने?
सादा खाना मात्र खाने ।
गहुँ वा चनाको पिठो बराबर मिसाएर बनाएको
रोटी खुब चपाएर खाने ।
फलफूलमा स्याउ, मेवा, अमला,वेल,खरबुजा,
सुन्तला, केरा मिलाएर खाने ।
आलु, पुदिना,लौका, ताजा हरियो सागपात,
फर्सी, बन्दाकोभी, काँचो दुध, दहि, पनिर,
काबुली ईच्छा अनुसार खाने ।
दिनदिनै लसुनको तीनचार केस्रा छोडाएर
चपाउने अनि मनतातो पानीले निल्ने ।
युवा अवस्थामा नै ब्लडप्रेसर रोग लाग्यो भने
सोयाबिनलाई राती भिजाउने बोक्रा निकाली
गहुँ र भटमासको पिठोको रोटी बनाएर खाने ।
उच्च रक्तचाप भएमा कस्तो खाना नखाने?
धेरै पिरो नखाने ।
मसलाको मात्रा धेरै भएको खाना नखाने ।
बासी अनि चिसो खाना नखाने ।
माछा, मासु, अण्डा नखाने ।
रक्सी, चिया र कफी लगायत अन्य नसा
लाग्ने चिज नखाने ।
खैनी, सुर्ती, गुड्खा र पानपराग जस्ता कुरा
नखाने ।
बढि मात्रामा चिल्लो भएको दुध, मख्खन
नखाने ।
नुन पनि कम मात्रामा खाने ।
उच्च रक्तचाप निको पार्ने उपाय
धेरै नामोटाउनको लागी बिहान मार्निंग वाक
गरि ४/५ किलोमिटर हिड्ने ।
ब्यायाम नियमित गर्ने ।
समय-समयमा विश्राम तथा मनोरन्जन गर्ने ।
तनाब भन्दा पनि सधै हाँसी खुसि बस्ने ।
कब्जियत हुन नदिने ।
नियमित रुपमा शरीरको मालिस गर्ने ।
मनतातो पानीले नुहाएर तौलियाले आफ्नो
शरीर ५ मिनेट सम्म माडिरहने ।
रुद्राक्षको माला लगाउने ।
No comments:
Post a Comment