Tuesday, June 15, 2021

मधुमेह रोगको उपचार कसरी गर्ने?


मधुमेह


मधुमेह रोग लाग्ने कारणहरु।


  • वंशाणुगत कारण पनि यो रोग देखिन सक्दछ।

  • आरामदायी जीवन बिताउन ले पनि यो रोग देखिन

सक्छ।

  • व्यायाम बिल्कुल गर्दै नगर्ने बसी बसी काम गर्ने

बानीले पनि हुनसक्दछ।

  • धेरै मात्रामा खाना खानाले।

  • गुलियो पदार्थ धेरै खानाले।रक्सी खानु मानसिक

तनावको कारणले।

  • धेरै मोटाएर बोसो लाग्दा।

  • पेंकृयाजले इन्सुलिन नामको हर्मोन बनाउनाले


मधुमेह रोगको लक्षणहरु।


  • पहिला सुरुसुरुमा धेरै तिर्खा लाग्नु।

  • छिनछिनमा भोक लागिरहनु।

  • सरीरको वजन गर्दै जानु।

  • शरीरमा चिलाउने रोग लाग्नु।

  • छाला सुक्खा हुनु टाउको दुख्नु।

  • उत्तेजनाको कमी देखिनु नपुंसकता देखिनु।


मधुमेह भएका रोगीले कस्तो खानेकुरा खाने?


  • गहुँको मात्रा 2 केजी जौको मात्रा दुई केजी चना

को मात्रा एक केजी मिसाएर बनाएको पिठोको

रोटी खाने।

  • तरकारीमा करेला मेथी सजिउन पालुङ्गो घिरौँला

सलगम परबल लौका मुला बोडी र मूलाको साग

खाने।

  • फलफूलमा जामुन कागती कमला टमाटर सुन्तला

मौसम खाने।

  • मेथीका दाना 25 देखि 100 ग्राम सम्म हरेक दिन

खालीपेटमा तरकारी बनाएर अथवा पिठोमा मिलाएर

अथवा दालसँग खाने।

  • चिनिहालेको कफी चिया अनि दुध नखाने।

  • गुलियो खान मन लागेमा सेकरिन एसपरेटमको

गोली खाने।

  • कमजोरी हटाउनको लागि काँचो नरिवल बदामको

दाना काजू सोयाबीन मटनको soup दही खाने।

  • खाना एकै चोटि नखाएर दिनमा थोरै थोरै गरि

धेरै पटक खाने।

  • जडिबुटीमा नीमको गोली नीमको पात अदुवा बेसार

लसुन धनिया दालचिनी खाने


मधुमेह रोग लागेको मानिसले कस्तो खानेकुरा

नखाने?


चिनीरोग लागेको मानिसहरुले जस्तो पायो त्यस्तो

खानेकुरा खानुहुँदैन। मुख बार्नुपर्छ, मुख बारेमा रोग

छिटो निको हुन्छ।


ध्यान दिनुपर्ने कुराहरु


  • भात, मासु, अण्डा, माछा, दूधको पाउडर, समोसा,

घिउ, मखन, मैदाबाट बनेका चीज नखाने।

  • गुलियो खाद्यपदार्थ जस्तै चिनी, सखर, ग्लुकोज,

मिठाइ, जाम, जेरी, चकलेट, आइसक्रिम, खीर, हलुवा,

पिंडालु, सखरखण्ड, आँप, केरा, मेवा, केरा, सर्वत,

coldrinks, अंगुर नखाने।

  • तिल,आलुचिप्स,आलु, मासको दाल, पूरी, कचौरी,

चाट नखाने।

  • रक्सी चिसो पानि अनि बरफ पनि नखाने।


मधुमेह रोगको उपचार कसरी गर्ने?


  • पौडी खेलेर दौडने गर्नुपर्दछ, यसरी पौडी खेलेर

दौडँदा र व्यायाम गर्दा राम्रो हुन्छ।

  • खाना र दबाइ निश्चितरुपमा खाई रहनुपर्छ।

  • जाडो मौसममा चिसो लाग्न नदिनको लागि 

तातो कपडा लगाउनुपर्दछ।

  • मिश्री अथवा चकलेट आफ्नो गोजीमा राख्ने,

आपतकालीन स्थितिमा रगतमा ग्लुकोजको

कमी भएर बेहोस हुन लाग्यो भने तुरुन्तै खाने।

  • बिहानबेलुका शारीरिक व्यायाम गर्ने।


नोट चिनीरोग लाग्यो मधुमेह भयो भनेर आफूलाई

हतोत्साही बनाउने प्रयास नगर्नु,सान्तोना दिनु पर्दछ

घरका सदस्यले पनि।  अझै यो रोगलाई ठूलो रुपमा

ल्याइयो भने बिमार छिटै निको नहुन सक्दछ।

यो रोगलाई केही पनि होइन भनी मुख बार्नु पर्दछ!

समयमा नै निको हुन्छ। यसलाई राम्रोसँग

मुख बार्नु नै यो रोगको उपचार हो।


No comments:

Post a Comment

कपाल स्त्रैत (Straight) बनाउन अपनाउनुहोस् यी घरेलु उपाय

  कागती, दुई चम्चा तोरीको तेल र एक कप नरिवलको तेल मिलाएर बिस्तारै हातले कपालमा लगाउनुहोस् । यसले कपाललाई सिधा गर्न मद्दत गर्छ । यो मिश्रणलाई...